News Portal

लागुऔषधसहित पोखराका युवक स्याङ्जाबाट पक्राउ

हिमालीसंचार संवाददाता
२१२ पटक

स्याङ्जा, जेठ ९ – स्याङ्जाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीको विशेष निगरानीमा परेको बा २ ख १५९२ नम्बरको यात्रुवाहक हाइस गाडीबाट लागुऔषधसहित पोखरा महानगरपालिका–२७, लेखनाथ निवासी २६ वर्षीय अजित परियारलाई पक्राउ गरिएको हो।

प्रहरी स्रोतका अनुसार, परियार बुटवलबाट पोखरातर्फ गइरहेका थिए। स्याङ्जाको सुरक्षा चेकजाँच क्रममा संका लागेपछि उनको साथ तलासी लिइएको थियो। तलासीका क्रममा डाईजेपाम ७ एम्पुल, फेनारेगन ७ एम्पुल र आईपिल ७ एम्पुल गरी जम्मा २१ एम्पुल लागुऔषध बरामद गरिएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीले जानकारी दिए।

पक्राउ परेका परियारलाई बिहीबार नियन्त्रणमा लिइएको हो। उनीमाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...