News Portal

  • रवि लामिछानेको रिटमाथि आज अन्तिम फैसला आउन सक्ने, बहस निष्कर्षमा पुग्दै

    संगीता गुरुङ
    १५६ पटक

    काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज महत्वपूर्ण सुनुवाइ हुँदैछ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज शुक्रबारका लागि सुनुवाइ तोकिएको छ।

    हिजो बिहीबार भएको लामो बहस निष्कर्षमा पुग्न नसकेपछि इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो। आज भने दुवै पक्षका वरिष्ठ अधिवक्ताहरूले अन्तिम चरणको बहस गर्दै छन्। रवि पक्षबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी बहसमा उत्रन लागेका छन्।

    यसअघि मंगलबारदेखि सुरु भएको बहसमा रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्तजस्ता कानुन व्यवसायीहरू प्रस्तुत भएका थिए। बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्दै आफ्नो तर्क प्रस्तुत गरेका थिए।

    दोस्रो पक्ष, अर्थात् पूर्व डीआईजी छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, र अधिवक्ता अपूर्व खतिवडाले मुद्दामा कानुनी व्याख्या प्रस्तुत गरेका थिए।

    सरकारी पक्षबाट पनि नायब महान्यायाधिवक्ता लोकराज पराजुलीसहित गोविन्द खनाल, दिनेश घिमिरे लगायत पाँचजना कानुन व्यवसायीले बहस गरेका थिए।

    यता, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघि चैत २२ गते रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासबाट आएको उक्त आदेश जिल्ला अदालत रूपन्देहीको एक करोड धरौटीमा रिहा गर्ने आदेशविरुद्ध आएको थियो।

    उच्च अदालतको आदेशअनुसार सोही दिन साँझ प्रहरीले रविलाई काठमाडौंस्थित हात्तीगौडा निवासबाट पक्राउ गरी रूपन्देही कारागार पुर्‍याएको थियो।

    आजको सुनुवाइपछि अदालतले अन्तिम फैसला सुनाउने उच्च सम्भावना रहेको स्रोतहरू बताउँछन्। हिमाली सञ्चार यो मुद्दासम्बन्धी सबै नवीन विवरणसहित पाठकसामु जानकारी गराइरहनेछ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...