News Portal

रवि लामिछानेको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दैमा’, बहस लम्बिँदै

हिमालीसंचार संवाददाता
२३१ पटक

काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि अझै टुंगो लागेको छैन। लामिछानेको रिटसँगै पूर्वडिआइजी छविलाल जोशीले दायर गरेको निवेदन पनि ‘हेर्दाहेर्दैमा’ राखिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलासका कारण रोकिएको थियो। आज (बिहीबार) पुनः इजलास बसेपछि बहस अघि बढाइएको छ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले आफ्नो कानुनी दावी प्रस्तुत गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले आफ्नो पक्ष राखे। त्यसपश्चात् सरकारका तर्फबाट सह-सरकारी वकिल गोविन्द खनाल, लोकराज पराजुलीलगायतले बहस गरेका छन्।

सरकारी पक्षको बहस शुक्रबारसम्म जारी रहनेछ। त्यसपछि पीडित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्, अनि मात्र जवाफी बहस प्रारम्भ हुनेछ।

यस्तो अवस्थामा, लामिछाने र जोशी दुबैको मुद्दा अझै केही दिन सर्वोच्च अदालतमा बहसकै क्रममा रहने देखिएको छ। न्यायिक निर्णय आउने समय अझै लाग्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...