News Portal

  • रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    हिमालीसंचार संवाददाता
    ११८ पटक

    रामेछाप, जेठ ८ – रामेछापबाट मृतकको शव लिएर काठमाडौंतर्फ गइरहेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटनामा परेको छ। रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा–गोगनपानी भीत्री सडकखण्डमा अनियन्त्रित भइ झरेको उक्त एम्बुलेन्स दुर्घटनामा तीन जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटना बिहान करिब पौने ११ बजे भएको हो। दोरम्बाबाट शव लिएर काठमाडौं गइरहेको प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स करिब १०० मिटर तल खसेको थियो।

    घटनाका बेला एम्बुलेन्समा चार जना सवार थिए। तीमध्ये चालक २४ वर्षीय सुरेश मगर, ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टले जानकारी दिए।

    घाइतेहरूको प्रारम्भिक उपचारका लागि अर्को एम्बुलेन्समार्फत धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनास्थलमा एम्बुलेन्स र शव यथास्थानमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि तीव्र मोड र ओरालो सडक संरचनाका कारण सम्भावित ब्रेक फेल वा नियन्त्रण गुमिएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरा साहसिक पर्यटनको केन्द्र बन्दै : परराष्ट्रमन्त्री देउवाको जोड दिगो विकासमा

    पोखरा, साउन १४ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा थप...

    समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

    काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको...

    कानेपोखरीमा सुन पसलको आवरणमा करोडौँ ठगी, पीडित आन्दोलित

    विराटनगर, साउन १४ – मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा सञ्चालनमा रहेको ‘अधिकारी सुन पसल’बाट करोडौँ...

    क्यानको बोर्ड बैठक बिहीबार, एनपीएल समीक्षा र टी–२० विश्वकप तयारी मुख्य एजेन्डा

    काठमाडौं, साउन १४ – नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार काठमाडौंमा बस्ने भएको...

    एमालेको दबाबमा बागमती प्रदेशका तीन मन्त्रीको शपथ स्थगित

    हेटौंडा, साउन १४ – बागमती प्रदेश सरकारले बुधबार बिहान नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अन्तिम क्षणमा...