News Portal

राष्ट्र बैंकमा गभर्नरको स्वागतसँगै पौडेलको पहिलो निर्णय : एक हजार र पचास रुपैयाँका नोट छपाइ प्रक्रिया सुरु

हिमालीसंचार संवाददाता
२८० पटक

काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको स्वागत कार्यक्रम सम्पन्न भएसँगै उनले आफ्नो कार्यकालको पहिलो निर्णय लिँदै एक हजार र पचास रुपैयाँ दरका नयाँ नोट छपाइ प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन्।

बुधबार बिहान सर्वोच्च अदालतमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएपछि गभर्नर पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका थिए। त्यसक्रममा बैंकका उच्च अधिकारीहरू र कर्मचारीहरूले उनलाई औपचारिक स्वागत गरेका थिए।

पदभार ग्रहणलगत्तै उनले पहिलो निर्णयस्वरूप नयाँ नोट छपाइ प्रक्रियाको थालनी गरेका हुन्। डेपुटी गभर्नर बमबहादुर मिश्रका अनुसार, यो निर्णयअनुसार सर्वप्रथम नोटको नयाँ डिजाइन तयार गरिनेछ र त्यसपछि मात्र छपाइ प्रक्रिया अघि बढाइनेछ।

राष्ट्र बैंकले केही समयअघि मात्र नयाँ नोट छपाइका लागि छ वटा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई पहिलो चरणमा छनोट गरिसकेको छ। ती कम्पनीहरू दुई वर्षसम्मका लागि हुने नोट छपाइका टेण्डरहरूमा प्रतिस्पर्धा गर्न योग्य हुनेछन्।

गभर्नर पौडेलको यो निर्णयलाई व्यवस्थापकीय चुस्ती र मौद्रिक प्रणालीको सुदृढीकरणतर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...