News Portal

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, पीडित युवतीको पहिचान सार्वजनिक गरेको अभियोग

हिमालीसंचार संवाददाता
२०४ पटक

बुटवल, जेठ ६ – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार प्रहरीको फन्दामा परेका छन्। पीडित युवतीको संवेदनशील पहिचान सार्वजनिक गरी गोपनीयता उल्लंघन गरेको अभियोगमा चौधरीमाथि रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध अन्तर्गत पक्राउ पुर्जी जारी गरेको थियो।

गत जेठ १ गते अदालतबाट पक्राउ आदेश जारी भएपछि केही दिनसम्म सम्पर्कविहीन रहेका चौधरी अन्ततः आफैं इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका हुन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार चौधरीलाई खोजी गर्ने क्रममा उनी आफैं उपस्थित भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

चौधरीमाथि लागेको आरोप निकै गम्भीर प्रकृतिको छ। गत असोज ५ गते बुटवलमा बसोबास गर्ने एक युवती सामूहिक बलात्कारमा परेकी थिइन्। पीडितका अनुसार सन्तकुमार यादवले उनलाई अर्धचेत बनाएर देवीनगरस्थित एक घरमा लगेर बन्धक बनाउँदै बलात्कार गरेको उल्लेख छ। त्यस घटनामा यादवका साथी राजेश्वर चौधरी पनि संलग्न रहेको र गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले घटनास्थलमै पुगेर पीडितलाई धम्की दिएको भन्दै जाहेरी दर्ता गरिएको थियो।

सुरुमा सन्तकुमार यादवलाई मात्र पक्राउ गरी मुद्दा अघि बढाइएपछि बाँकी अभियुक्तमाथि अनुसन्धान नगरेको भन्दै पीडित पक्षले फागुन २५ गते पूरक जाहेरी दिएका थिए। त्यसपछि अध्यक्ष चौधरीले आफ्नो कार्यकक्षमै पत्रकार सम्मेलन गरी पीडित युवतीको नाम र व्यक्तिगत विवरण सार्वजनिक गर्दै फेसबुकमा लाइभ गरेका थिए, जुन कार्यले विद्यमान कानूनको उल्लङ्घन भएको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्र रानाका अनुसार यस्ता जघन्य प्रकृतिका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु गैरकानुनी मात्र होइन, अनैतिक पनि हो। त्यसैले चौधरीविरुद्ध पुनः जाहेरी दर्ता भई अनुसन्धान अगाडि बढाइएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विजयी भएका अध्यक्ष चौधरीमाथि यसरी कानुनी प्रक्रिया सुरु भएपछि गाउँपालिकाको राजनीतिक र सामाजिक वातावरणमा चासो थपिएको छ। अब अदालतले प्रस्तुत प्रमाणका आधारमा के निर्णय गर्छ भन्ने प्रतिक्षामा जनसमुदाय रहेको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...