News Portal

गोकर्णेश्वर नयाँपाटीमा युवकको हत्या : पाँच जना पक्राउ

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौं, जेठ ६ – गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलअगाडि भएको भयावह आक्रमणमा परी ३७ वर्षीय युवक बलिन्द्र प्रकाश राईको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

३० वैशाखको राति करिब ९ बजेको समयमा किराना पसलमै बसिरहेका बेला राईमाथि योजनाबद्ध रुपमा समूहगत आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उनको ज्यान जोगाउन सकिएन।

घटनापछि सक्रिय अनुसन्धान थालेको प्रहरीले विभिन्न जिल्लाबाट पाँच जना युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका–३ का २९ वर्षीय प्रवीण तामाङ, सर्लाही बागमती गाउँपालिका–३ का २३ वर्षीय समीर वाइवा तामाङ र २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दीपेन्द्र भुजेल, र काभ्रे चौरीदेउराली गाउँपालिका–७ का २८ वर्षीय अनुराग तामाङ छन्।

बौद्ध प्रहरी वृत्तको टोलीले विशेष सूचना र प्रविधिको सहयोगमा ती युवाहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ। उनीहरू विरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...