News Portal

दुःखद घटना : स्कुल जान लागेका दिदी–भाइको ज्यान बाबुले लिए, चितवनमा पारिवारिक शोकको छाया

हिमालीसंचार संवाददाता
४३८ पटक

चितवन, जेठ ४ -भरतपुरमा शुक्रबार बिहान भएको एक हृदयविदारक घटनाले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ। आफ्नै सन्तानलाई स्कुल पठाउने तयारीमा रहेका एक बाबुले अकल्पनीय कदम चाले — आफ्नी छोरी र भतिजको निर्मम हत्या गरेपछि आत्महत्या प्रयाससमेत गरे।

स्कुल जाने बेला, लासमा परिणत भए दिदी–भाइ

घटना भरतपुर महानगरपालिका वडा नम्बर २५ को किसानचोक नजिकको हो। ४२ वर्षीय लिलाराज गिरीले आफ्नी सात वर्षीया छोरी प्रभा गिरी र पाँच वर्षीय भतिज सजन गिरीलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

दैनिकजसोजस्तै शुक्रबार बिहान पनि दिदी प्रभा र भतिज सजन स्कुल जाने तयारीमा थिए। प्रभा आफ्नै घरमा ड्रेस लगाउँदै थिइन् भने सजन दिदीसँगै स्कुल जान भनेर काकाको घर आइपुगेका थिए। तर त्यो बिहान बाबु लिलाराजले अचानक घरमै उनीहरू माथि खुर्पा प्रहार गरे।

स्थानीयका अनुसार पहिले उनले भुईं तलामा खेलिरहेका सजनलाई आक्रमण गरे। त्यसपछि डरले चिच्याएकी छोरीलाई माथिल्लो तलामा लगेपछि त्यहीँ उनको पनि हत्या गरे। हत्या गरेपछि लिलाराजले आफूलाई पनि काटेर आत्महत्या प्रयास गरेका थिए।

घर नजिकैको विद्यालय बन्द, सबै शोकमा

हत्या गरिएका बालबालिका पढ्ने मदरल्याण्ड बोर्डिङ स्कुल घटनास्थलदेखि झन्डै ३५० मिटरको दूरीमा पर्छ। विद्यालय प्रशासनले घटनाले पुर्‍याएको गहिरो शोक र पीडाका कारण आइतबार एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

विद्यालयका प्रिन्सिपल नवराज भट्टले आफूले पढाएका बालबालिकाको यस्तो त्रासदीपूर्ण अन्त्य देखेर सम्हालिन नसकेको बताए। “हिजोमात्र हाँस्दै–खेलेका ती अबोध बालबालिकाको रक्ताम्य शव देख्दा विद्यालयका शिक्षक–शिक्षिका सबै रोइरहनुभएको छ,” उनले भने।

दाजुभाइबीच मनमुटाव थिएन, तर मानसिक रोगले खाएको थियो लिलाराजलाई

घटनाका बेला लिलाराजकी श्रीमती बिमला गिरी अस्पतालमा थिइन्, ११ वर्षीय छोरा रेशमलालको उपचारका लागि।

लिलाराजका दाजु दया गिरी अस्पताल जाँदै गर्दा भाइलाई आफ्ना छोरा सजनलाई स्कुल पुर्‍याइदिन भनेका थिए, जसले देखाउँछ कि दाजुभाइबीच विश्वास थियो। तर त्यो विश्वासलाई चुँडेर यो भीषण घटना भयो।

प्रहरीका अनुसार लिलाराज नेपाली सेनाबाट निवृत्त जमदार हुन् र उनी केही वर्षदेखि मानसिक तनाव (डिप्रेसन) को औषधि सेवन गर्दै आएका थिए। हाल उनी चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत छन्।

अस्पतालमा एक्लै लडिरहेका छन् लिलाराज

आफन्तको कोही साथमा नरहेको अवस्थामा लिलाराजको उपचारको सम्पूर्ण जिम्मा अस्पताल र प्रहरीले लिएको छ। अस्पतालका सूचना अधिकारी पारस अधिकारीका अनुसार रगत परीक्षणदेखि औषधि खरिदसम्मका काम अस्पताल र प्रहरीले गरिरहेको छ। “हामीसँग आएको बिरामीको जीवन बचाउनु हाम्रो कर्तव्य हो,” उनले भने।

समुदाय स्तब्ध, अनुसन्धान जारी

प्रहरीले घटनाको गहिरो अनुसन्धान थालेको छ। स्थानीय बासिन्दा, विद्यालय, अभिभावक र सबै क्षेत्रका नागरिकले यस्तो अमानवीय घटनाको घोर निन्दा गरेका छन्।

अबोध बालबालिकाको यस्तो मृत्युले सम्पूर्ण समाजलाई सोच्न बाध्य बनाएको छ — मानसिक स्वास्थ्यको बेवास्ता र पारिवारिक तनावको परिणाम कति भयावह हुन सक्छ भनेर।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...