News Portal

चितवनको किसान टोलमा पारिवारिक शोक: डिप्रेसनको उपचारमा रहेका पूर्वसैनिक लिलाराज गिरीले गरे छोरी र भतिजाको हत्या, आफैंमाथि प्रहार

हिमालीसंचार संवाददाता
३५७ पटक

चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण घटना घटेको छ। नेपाली सेनाबाट निवृत्त भएका ४२ वर्षीय लिलाराज गिरीले आफ्नै सात वर्षीया छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजा सजन गिरीको ज्यान लिएका छन्।

सधैं स्कुटरमा छोरी र भतिजालाई विद्यालय पुर्‍याउने गरेका गिरी बिहीबार बिहान घरबाट ननिस्केपछि गाउँलेहरूमा शंका उत्पन्न भएको थियो। तर केही बेरमै गाउँभरि चिसो सन्नाटा छायो जब खबर आयो– लिलाराजले बालबालिकालाई कोठाभित्र थुनेर धारिलो हतियार खुर्पा प्रयोग गरी हमला गरेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ९:५५ बजे उक्त घटना भएको हो। आक्रमणपछि लिलाराजले आफूलाई पनि घाँटीमा खुर्पाले प्रहार गरेका थिए। गम्भीर अवस्थाका तीनै जनालाई तत्कालै चितवन मेडिकल कलेज पुर्‍याइयो। तर, अस्पतालले बालबालिकालाई मृत घोषणा गर्‍यो भने लिलाराजको गहिरो चोट लागेकाले शल्यक्रिया गरी उपचार भइरहेको जानकारी दिएको छ।

डिएसपी रविन्द्र खनालका अनुसार प्रारम्भिक अनुसन्धानमा लिलाराज गिरी मानसिक रोग डिप्रेसनको औषधि नियमित रूपमा सेवन गर्दै आएका व्यक्ति हुन्। विगतमा पनि मानसिक असन्तुलनका कारण उनलाई सुरक्षा निकायले नियन्त्रणमा लिनु परेको थियो।

उनका आफन्त रामकृष्ण पुरीका अनुसार लिलाराज नेपाली सेनामा कार्यरत रहँदा दुर्घटनामा परेका थिए, जसपछि उनको आँखामा असर परेको थियो। यहींबाट मानसिक समस्याको सुरुआत भएको बताइन्छ। ‘दुर्घटनापछि मानसिक अवस्था कमजोर हुँदै गयो। निवृत्त भएपछि औषधि खाँदै आइरहेका थिए। हिजो–आज छुटाए कि भन्ने शंका छ,’ पुरीले हिमाली सञ्चारसँगको कुराकानीमा बताए।

लिलाराजका छिमेकी सूर्य नगरकोटीले भने, ‘बिहीबार साँझ भेट्दा उहाँ सामान्य देखिनुहुन्थ्यो। बिहान यस्तो सुन्दा विश्वासै गर्न सकिनँ।’

घटना हुँदा लिलाराजकी पत्नी बिमला गिरी ११ वर्षीय छोराको उपचारका लागि चितवन मेडिकल कलेजमै थिइन्। त्यहीबेला घरमा बाँकी दुई बालबालिका विद्यालय जानको तयारीमा थिए। दु:खद कुरा त के छ भने, दुवै जना विद्यालय पोशाकमै थिए जब उनीहरूको ज्यान लिइयो।

मदरल्याण्ड स्कुलमा अध्ययनरत ती बालबालिका अब कहिल्यै विद्यालय फर्किने छैनन्।

यो हृदयविदारक घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ। साथै, यसले मानसिक स्वास्थ्य समस्याको गम्भीरतालाई पुनः एकपटक सतहमा ल्याइदिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...