News Portal

  • कपिलवस्तुमा कारको ठक्करले लियो दुई महिलाको ज्यान

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    बुटवल, जेठ २ – कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा शुक्रबार बिहान भएको एक सवारी दुर्घटनाले दुई जनाको ज्यान लिएको छ। मर्निङ वाकमा निस्किएका दुई महिला एक कारको ठक्करमा परेर मृत्युवरण गर्न पुगेका हुन्।

    बुद्धभूमि नगरपालिका–१, वसन्तपुरस्थित सडकखण्डमा बिहान करिब ६ बजेको समयमा गोरुसिंगेतर्फ आइरहेको बिएबी ९५९९ नम्बरको कारले दुई महिलालाई ठक्कर दिएको थियो। घटनामा गम्भीर घाइते भएका बुद्धभूमि–१ गोरुसिंगे निवासी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

    इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलका अनुसार, ती दुवै महिला प्रत्येक दिन बिहानै मर्निङ वाकमा निस्कने गर्थे। विहानको समयमा परिवारका सदस्यहरूसहित कुलपूजाबाट फर्किंदै गरेको उक्त कारले ती महिलाहरूलाई बसन्तपुरमा ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    दुर्घटनापछि गाडीका चालक, रूपन्देही सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रेष्ठले दिएको प्रारम्भिक बयान अनुसार, महिलाहरू सडक पार गर्ने क्रममा अचानक सडकको बीच भागमा आइपुगेका र सोही बेला तीव्र गतिमा आइरहेको कारको ठक्करबाट दुर्घटना भएको हो।

    घटनापछि कारसहित चालक इलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा छन् र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यो दुर्भाग्यपूर्ण घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। बिहानको शान्त वातावरणमा गरिएको सामान्य स्वास्थ्य अभ्यास नै यति ठूलो दुर्घटनामा परिणत हुँदा स्थानीयहरू शोकमा छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...