News Portal

  • उर्जामन्त्री खड्काले भने : देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण

    हिमालीसंचार संवाददाता
    ४३१ पटक

    काठमाडौं, जेठ १ – उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन्।

    उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरू देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन्।

    आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हालेयता जलविद्युत् क्षेत्रमै उल्लेखनीय प्रगति भएको बताउँदै, सरकारको नीति निजी क्षेत्रलाई प्रोत्साहित गर्ने भएको पनि स्पष्ट पारे।

    सो अवसरमा मन्त्री खड्काले नव-निर्वाचित एनआरएनए अध्यक्ष श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई बधाई ज्ञापन गर्दै देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। साथै, मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    त्यसैगरी, उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा अपार सम्भावना रहेको औँल्याउँदै नीति तथा नियमहरूलाई सहज बनाउनुपर्ने सुझाव दिए।

    एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गरिएमा विदेशमा रहेका नेपालीहरूले सिकेका सीप र पुँजीमार्फत देशको विकास गर्न सकिने उल्लेख गरे। साथै, आगामी दिनमा आफूहरू जलविद्युत् क्षेत्रमा काम गर्ने योजनामा रहेको पनि जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...