News Portal

मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

रबिन्द्र बराल
२१९ पटक

मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका कृषकहरू अहिले मकैबाली भित्र्याउने काममा व्यस्त छन्। यस वर्ष रंगेलीमा पहिलो पटक अत्याधुनिक मकै काट्ने ‘कम्पाइन’ मेसिन भित्रिएपछि कृषकहरूमा सहजता आएको छ।

पछिल्लो समय गाउँघरमा जनमजदुरीको अभाव हुँदा खेतमै मकै बिग्रने अवस्था आएको कृषकहरूले बताएका छन्। स्थानीय कृषक गोपाल घिमिरेका अनुसार, मजदुरहरूले एक दिनको ५ सय रुपैयाँ ज्याला र एक छाक खाना माग्ने भए पनि सहजै भेटिन छाडेपछि आफूले कम्पाइन मेसिन प्रयोग गर्न थालेका हुन्। कम्पाइन प्रयोग गर्दा मजदुरीको तुलनामा लागत कम हुने भएकोले धेरै बचत भएको उनले बताए।

मजदुरको अभाव बढेसँगै रंगेली–९ धन्जुवाका महेन्द्र यादवले मकै काट्ने मेसिन खरिद गरेका छन्। अहिले उनलाई मकै काट्न भ्याइनभ्याइ भएको छ। यादवका अनुसार कम्पाइन मेसिनबाट मकै काट्दा प्रतिघण्टा ८ हजार रुपैयाँ लिने गरिएको छ र एक बिघादेखि डेढ बिघासम्म मकै काट्ने काम सकिन्छ।

पछिल्लो समय गाउँ नै सुनसान हुने गरी युवाहरू विदेशी भूमिमा जान थालेका कारण कृषिमा काम गर्ने जनशक्ति अभाव भइरहेको छ। यस्तो अवस्थामा यान्त्रिक कृषि प्रविधिले कृषकहरूलाई ठूलो राहत दिएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...