News Portal

नोबेलको शिविरबाट सुन्दरहरैंचाका ५ सय बिरामीको निःशुल्क उपचार

हिमाली संचार संवाददाता
७४३ पटक

रबिन्द्र बराल
मोरङ : नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो ।

शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिविरमा आएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरबाट ग्रामिण क्षेत्रका विपन्न विरामी बढी लाभान्वित भएका छन् । गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि शिविरमा उपचारका लागि आएका थिए । यसैवीच शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ३५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरबाट रिफर भएका विरामीलाई नोबेल अस्पतालकै गाडीमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गरी पुनः गाउँमै पुर्याउँने व्यवस्था मिलाईने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । गरिव तथा विपन्न विरामीलाई लक्षित गरी नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...

कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा, रवि लामिछानेसँगको सहकार्यले उल्टो प्रभाव?

काठमाडौं – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक भविष्य पछिल्लो घटनाक्रमसँगै संकटमा परेको विश्लेषण हुन थालेको...