News Portal

मखनटोल आगलागी: उपप्रमुख सुनिता डंगोलको स्थलगत अनुगमन, ग्यास कम्पनी र डिलरमा पनि निगरानी बढाउने तयारी

हिमालीसंचार संवाददाता
१८१ पटक

काठमाडौं, वैशाख ३१ – काठमाडौं महानगरपालिका–२४ स्थित मखनटोलमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट क्षति पुगेका चार घरको काठमाडौं उपमेयर सुनिता डंगोलले स्थलगत अनुगमन गरेकी छिन्।

आगलागीको सुरुवात दयाराम श्रेष्ठको चारतले घरबाट भएको थियो, जुन आगो क्रमशः छेउका अन्य तीन घरमा समेत फैलिँदा ठूलो क्षति भएको हो। घटनास्थल पुगेर डंगोलले पीडित घरधनीहरू – दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारी लगायतसँग घटनाको विवरण लिएकी थिइन्।

डंगोलले आगलागीको प्रारम्भिक कारण ग्यास चुहावट हुन सक्ने बताउँदै भनिन्, “हामीले घटनास्थलको अनुगमन गरेका छौँ, प्रारम्भिक अनुमानमा ग्यास लिक भएर आगलागी भएको देखिन्छ। यस्ता घटना बारम्बार ग्यासको लापरवाहीका कारण भइरहेका छन्, त्यसैले अब हामी ग्यास कम्पनीहरू र डिलरहरूमा पनि कडाइका साथ अनुगमन गर्नेछौँ।”

महानगरपालिकाको नियमित अनुगमन कार्यलाई अझ प्रभावकारी बनाइने जानकारी दिँदै डंगोलले भविष्यमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइन्।

आगलागीमा दयाराम श्रेष्ठको चारतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने त्यही घरमा एक महिलाको ज्यान गएको पुष्टि वडाध्यक्ष विनोदकुमार राजभण्डारीले दिएका छन्। साथै, छेउका रुकेश श्रेष्ठको पाँचतले घर र कैलाश श्रेष्ठ तथा विकास श्रेष्ठको घर पनि आगलागीबाट प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...