News Portal

मरेको खसीको मासु बिक्री गर्ने दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
२८६ पटक

पोखरा, वैशाख ३१ – पोखरामा मरेको खसी काटेर मासु बिक्री गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१६ मा सञ्चालित मोडेल सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्ममा कार्यरत उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङ रहेका छन्। उनीहरूमाथि कालोबजारी तथा सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्ने काम गरेको आरोप लागिएको छ।

कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता हरि बस्नेतले जानकारी दिए। घटनास्थलबाट प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ।

प्रहरीका अनुसार सार्वजनिक उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता कार्यप्रति कडाइका साथ निगरानी राखिनेछ।

 

प्रतिकृया दिनुहोस्

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...