News Portal

एकपटक ऐनामा हेर – कविता

हिमाली संचार संवाददाता
७७१ पटक

– ॠतु सिंह

म के बोलुँ !
लाग्छ, तिम्रो याचना देख्दा
तिम्रा मनभित्रका कलपूर्जाहरु
पक्षघात भैसकेका छ्न्,
सबै भित्रभित्रै मक्किसकेका छन्
र खिया लागिसकेका छन् ।
के तिम्रा आकाक्षांहरु मरिसके ?
जडभूत भैसके ?
तिमी यो गुच्छाजस्तो संसारलाई
गोल रोकेर विजयी गराउछु भन्ने
गोलकिपर हौ ,
तिम्रो शक्तिमा खिया लागेको छ
तिमी दुर्वल देखिएका छौ
युद्दमा हारेको सिपाही जस्तो ।
र त
तिमी मरेको विश्वास जगाउनलाई
तिमी नाजीवादी बनेका छौ
तिम्रो अनुहारमा ज्वालामुखि दन्केको छ
लक्षीमा लावा बगिरहेको छ
जस्तै हिटलरको प्रतिरुप !
तिमी युद्द लड्न र लडाउन
तयार छौ त्यसैले
सत्यलाई असत्य अनि
असत्यलाई सत्य
बनाउन खोजिरहेका छौ
तिमी पराक्रमी होइन
दुर्वल देखिएका छौ,
मनमा आशा बोकेर
फेरि
एकपटक ऐनामा हेर
अबोध बालक जो आमाको
स्तनपान गर्दै प्रफुल्ल देखिए जस्तै
आफ्नो हृदयलाई सुन्दर देख्नेछौ
सुनौलो घाममा अनन्तअनन्त
लहर बोकी चेहरामा प्रसन्नताको
श्री प्रस्फुटित रेखाहरु पाउने छौ ।
म फेरि भन्छु,
तिमी सक्छौ बने यो कमिलो जस्तै
चुनौतीप्रति सचेत, आशावादी बन

बन्नु नै छ भने कसैको
कला, सौन्दर्यले भरिपूर्ण, सृष्टि, शान्ति
अनि
मानवतावादी प्रेमी बन ! प्रेमी बन !!

भरतपुर, चितवन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...