News Portal

पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालीसंचार संवाददाता
३४४ पटक

बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम दुरुपयोग गरेको पत्तो लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारको अनुसन्धान अनुसार, कार्यालयका नायब सुब्बा तथा हालका कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मीले अन्य चार कर्मचारीहरूसँग मिलेमतो गरी हुलाक बचत बैंकमा सर्वसाधारणले जम्मा गरेको बचत रकम कुनै विधिसम्मत लेखाजोखा नगरी व्यक्तिगत लाभका लागि प्रयोग गरेका थिए।

कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। आयोगका अनुसार, उनले लामो समयसम्म बचतकर्ताको रकम नगदी रजिस्टरमा दर्ता नगरी केवल लेजर बुक र पासबुकमा विवरण राख्दै आएको पाइएको छ। यसरी रकमको पारदर्शी लेखाजोखा नगरिएको र बैंकको कोषबाट मनपरी रूपमा रकम चलानी गरिएको खुलेको छ।

अन्य चार जना कर्मचारी—जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहले पनि आफूखुसी रूपमा रकम संकलन, अभिलेखन र व्यवस्थापनमा लापरवाही गर्दै अपचलनमा संलग्न भएको आरोपपत्रमा उल्लेख छ।

आयोगले पाँचै जनाले मिलेर बचतकर्ताबाट संकलित रकमको साँवा र ब्याजसहित रु ५ करोड ३५ लाख ६६ हजार २ सय ७९ रुपैयाँ ३३ पैसा दुरुपयोग गरेको प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो बराबर कैद र जरिवाना माग गर्दै दायर गरिएको सो मुद्दामा आयोगले सम्बन्धित सबै व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ।

बारा हुलाक कार्यालयमा भएको यो अपचलन प्रकरणले सरकारी निकायभित्रको कमजोर आर्थिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। मुद्दा हाल विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...