News Portal

सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

हिमालीसंचार संवाददाता
४३५ पटक

दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित राजीनामा दिएको खुलासा भएको छ। प्रदेशसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद गुरुङले हाल बेलायतमा रहेर उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन्।

गुरुङले राजीनामा पत्रमा आफूले राष्ट्र र जनताको पीडा राम्ररी बुझेको उल्लेख गर्दै करदाताको पैसाबाट तलब खान नहुने नीतिगत मान्यताका आधारमा पदत्याग गरेको उल्लेख गरेकी छन्। “राष्ट्र र जनताभन्दा माथि केही छैन,” भन्दै उनले जिम्मेवारी बहन गर्न नसकिने अवस्था भएको जनाएकी छन्।

सांसद गुरुङ पछिल्लो दुई महिनायता सम्पर्कविहीन रहँदै आएकी थिइन्। संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार उनी यसअघि पनि बेलायत आउजाउ गर्ने गर्थिन् र अहिले पनि उतै रहेको सूचना आफूले पाएको बताए।

भैरहवाको सिद्धार्थनगरकी स्थायी बासिन्दा गुरुङले बेलायतबाट नै राजीनामा पत्र लेखेर पठाएकी हुन् भने उनका श्रीमान् कैलाश गुरुङले उक्त पत्र सञ्चारकर्मीहरूलाई मेसेन्जरमार्फत पठाएका थिए। पारिवारिक स्रोतले भनेअनुसार गीता अब स्थायी रूपमा बेलायतमै बस्ने योजनामा छिन्। “अब राजनीतिमा फर्कने सोच छैन, उहाँ उतै बस्नुहुन्छ,” ती आफन्तले भनेका छन्।

तर प्रदेशसभा सचिवालयले भने अझैसम्म उक्त राजीनामा पत्र प्राप्त नभएको जानकारी दिएको छ। सचिव दुर्लभकुमार पुनका अनुसार, “गीता गुरुङको औपचारिक राजीनामा पत्र सचिवालयमा आएको छैन।”

गीताका श्रीमान्को मोबाइल पनि हाल स्विच अफ अवस्थामा रहेको छ।

यो घटनाले जनप्रतिनिधिका भूमिकामाथि नैतिक प्रश्न खडा गर्दैगर्दा राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...