News Portal

सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

हिमालीसंचार संवाददाता
५१८ पटक

दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित राजीनामा दिएको खुलासा भएको छ। प्रदेशसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद गुरुङले हाल बेलायतमा रहेर उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन्।

गुरुङले राजीनामा पत्रमा आफूले राष्ट्र र जनताको पीडा राम्ररी बुझेको उल्लेख गर्दै करदाताको पैसाबाट तलब खान नहुने नीतिगत मान्यताका आधारमा पदत्याग गरेको उल्लेख गरेकी छन्। “राष्ट्र र जनताभन्दा माथि केही छैन,” भन्दै उनले जिम्मेवारी बहन गर्न नसकिने अवस्था भएको जनाएकी छन्।

सांसद गुरुङ पछिल्लो दुई महिनायता सम्पर्कविहीन रहँदै आएकी थिइन्। संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार उनी यसअघि पनि बेलायत आउजाउ गर्ने गर्थिन् र अहिले पनि उतै रहेको सूचना आफूले पाएको बताए।

भैरहवाको सिद्धार्थनगरकी स्थायी बासिन्दा गुरुङले बेलायतबाट नै राजीनामा पत्र लेखेर पठाएकी हुन् भने उनका श्रीमान् कैलाश गुरुङले उक्त पत्र सञ्चारकर्मीहरूलाई मेसेन्जरमार्फत पठाएका थिए। पारिवारिक स्रोतले भनेअनुसार गीता अब स्थायी रूपमा बेलायतमै बस्ने योजनामा छिन्। “अब राजनीतिमा फर्कने सोच छैन, उहाँ उतै बस्नुहुन्छ,” ती आफन्तले भनेका छन्।

तर प्रदेशसभा सचिवालयले भने अझैसम्म उक्त राजीनामा पत्र प्राप्त नभएको जानकारी दिएको छ। सचिव दुर्लभकुमार पुनका अनुसार, “गीता गुरुङको औपचारिक राजीनामा पत्र सचिवालयमा आएको छैन।”

गीताका श्रीमान्को मोबाइल पनि हाल स्विच अफ अवस्थामा रहेको छ।

यो घटनाले जनप्रतिनिधिका भूमिकामाथि नैतिक प्रश्न खडा गर्दैगर्दा राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...