News Portal

इमाडोलमा अचेत अवस्थामा फेला परेका युवकको अस्पतालमा मृत्यु

हिमालीसंचार संवाददाता
२३० पटक

ललितपुर, वैशाख ३० – ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा ज्यान गएको छ।

महालक्ष्मी नगरपालिका–टिकाथली निवासी ३१ वर्षीय जीवेश अधिकारी मंगलबार बिहान इमाडोलस्थित आफन्तको घरमा अचेत अवस्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि उनलाई तत्कालै किष्ट अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा बिहान करिब साढे ७ बजे उनको निधन भएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसपी चक्रराज जोशीले पुष्टि गरे।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा घटना शंकास्पद नरहेको जनाएको छ। मृतकको शरीर परीक्षणका लागि पठाइएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...