News Portal

गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

हिमालीसंचार संवाददाता
१९९ पटक

काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रेको बनेपा नगरपालिका–३ का ५० वर्षीय राजकुमार श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको हो। श्रेष्ठले आफू गृहमन्त्रीको साथी भएको दाबी गर्दै विभिन्न कार्यालयका राष्ट्रसेवकहरूलाई पटक–पटक टेलिफोन मार्फत अशोभनीय व्यवहार, गाली गलौज र मानसिक त्रास दिँदै आएका थिए।

प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले विशेष निगरानीपछि श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठमाथि राष्ट्रसेवक कर्मचारीहरूको नियमित कामकाजमा अवरोध पुर्‍याएको आरोप लागेको छ। हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

यस प्रकारका कार्यले सरकारी सेवा प्रवाहमा बाधा पुर्‍याउने भएकाले प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

 

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...