News Portal

  • राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    हिमालीसंचार संवाददाता
    १३३ पटक

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै निष्क्रिय पार्न कार्यकर्तालाई गाउँ–टोलमै पुगेर प्रतिकार गर्न निर्देशन दिएका छन्।

    सोमबार कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सम्पन्न वाईसीएल नेपालको पहिलो प्रदेश सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जेठ १५ बाट सुरू हुने भनिएको राजावादी आन्दोलनलाई गम्भीर रूपमा लिन आवश्यक रहेको भन्दै सबै पार्टी कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे।

    ‘पूर्वपञ्चहरूले मिलेर जेठ १५ देखि आन्दोलन गर्ने योजना बनाएका छन्। यस्तो प्रतिक्रान्तिकारी योजना जनस्तरबाटै निस्तेज पार्नुपर्छ,’ प्रचण्डले भने, ‘गाउँ–गाउँ, टोल–टोल पुगेर उनीहरूको मनसाय उजागर गर्नुपर्छ।’

    उनले हालको सरकारले लिएको नीति र कार्यशैलीले जनमानसमा निराशा फैलिएको र त्यही असन्तुष्टिलाई राजावादीहरूले दुरुपयोग गर्न खोजेको पनि बताए।

    ‘जनताको आक्रोशलाई राजावादीहरूले मौका ठाने, तर जब समाजवादी मोर्चाबाट कडा प्रहार भयो, तब उनीहरूको प्रचार–प्रसार झुटको भरमा रहेको प्रमाणित भयो,’ उनले भने।

    पूर्वराजसंस्थामाथि समेत टिप्पणी गर्दै प्रचण्डले दरबार हत्याकाण्डसम्बन्धी सन्दर्भ उठाउँदै भने, ‘देशमा २ सय ५० वर्ष शासन गर्नेहरू आफ्नै दरबारभित्रका हत्यारा पत्ता लगाउन नसक्ने कायर हुन्। ती यिनै हुन्, जसले आज फेरि जनतालाई भ्रममा पार्न आन्दोलनको नाटक गरिरहेका छन्।’

    उनले देशभरका सचेत नागरिक, प्रगतिशील शक्ति र युवाहरूलाई राजावादीको घुर्कीविरुद्ध एकजुट भएर उभिन आग्रह गरे।

    ‘देश फेरि इतिहासको अँध्यारोमा फर्कियोस् भन्ने सपना देख्नेहरूका विरुद्ध हामी सबैको साझा अभियान सुरू हुनुपर्छ,’ प्रचण्डको भनाइ थियो।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...