News Portal

राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

हिमालीसंचार संवाददाता
३१३ पटक

काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै निष्क्रिय पार्न कार्यकर्तालाई गाउँ–टोलमै पुगेर प्रतिकार गर्न निर्देशन दिएका छन्।

सोमबार कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सम्पन्न वाईसीएल नेपालको पहिलो प्रदेश सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जेठ १५ बाट सुरू हुने भनिएको राजावादी आन्दोलनलाई गम्भीर रूपमा लिन आवश्यक रहेको भन्दै सबै पार्टी कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे।

‘पूर्वपञ्चहरूले मिलेर जेठ १५ देखि आन्दोलन गर्ने योजना बनाएका छन्। यस्तो प्रतिक्रान्तिकारी योजना जनस्तरबाटै निस्तेज पार्नुपर्छ,’ प्रचण्डले भने, ‘गाउँ–गाउँ, टोल–टोल पुगेर उनीहरूको मनसाय उजागर गर्नुपर्छ।’

उनले हालको सरकारले लिएको नीति र कार्यशैलीले जनमानसमा निराशा फैलिएको र त्यही असन्तुष्टिलाई राजावादीहरूले दुरुपयोग गर्न खोजेको पनि बताए।

‘जनताको आक्रोशलाई राजावादीहरूले मौका ठाने, तर जब समाजवादी मोर्चाबाट कडा प्रहार भयो, तब उनीहरूको प्रचार–प्रसार झुटको भरमा रहेको प्रमाणित भयो,’ उनले भने।

पूर्वराजसंस्थामाथि समेत टिप्पणी गर्दै प्रचण्डले दरबार हत्याकाण्डसम्बन्धी सन्दर्भ उठाउँदै भने, ‘देशमा २ सय ५० वर्ष शासन गर्नेहरू आफ्नै दरबारभित्रका हत्यारा पत्ता लगाउन नसक्ने कायर हुन्। ती यिनै हुन्, जसले आज फेरि जनतालाई भ्रममा पार्न आन्दोलनको नाटक गरिरहेका छन्।’

उनले देशभरका सचेत नागरिक, प्रगतिशील शक्ति र युवाहरूलाई राजावादीको घुर्कीविरुद्ध एकजुट भएर उभिन आग्रह गरे।

‘देश फेरि इतिहासको अँध्यारोमा फर्कियोस् भन्ने सपना देख्नेहरूका विरुद्ध हामी सबैको साझा अभियान सुरू हुनुपर्छ,’ प्रचण्डको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...