News Portal

भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

हिमालीसंचार संवाददाता
२१८ पटक

काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन थालेका छन्। यही पृष्ठभूमिमा भारतले सोमबारदेखि आफ्ना सबै विमानस्थलहरू पुनः सञ्चालनमा ल्याएको छ।

जम्मु–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको घटनापछि भारतले मे ७ तारिखमा सुरक्षाको कारण देखाउँदै ३२ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको थियो। ती विमानस्थलहरू मे १५ तारिखको बिहान ५:२९ बजेसम्म बन्द गरिने निर्णय गरिएको थियो।

तर पछिल्लो समय भारत–पाकिस्तानबीच युद्धविरामको सहमति बनेपछि भारतीय विमानस्थल प्राधिकरणले ती सबै विमानस्थलहरू फेरि खोल्ने निर्णय लिएको हो।

प्राधिकरणले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिक उडानका लागि सबै विमानस्थलहरू खुला गरिएको स्पष्ट पारेको छ। यात्रुहरूलाई भने उडानसम्बन्धी आवश्यक जानकारी आफ्नो एयरलाइन्समार्फत लिन अनुरोध गरिएको छ।

इन्डिगो एयरलाइन्सले पनि सामाजिक सञ्जाल एक्समार्फत ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलबाट पुनः उडान सुरु भएको जानकारी दिएको छ।

क्षेत्रीय तनावका बीच भएको यो युद्धविराम र त्यसपछि हवाई सेवा पुनः सञ्चालन हुनुले दक्षिण एशियाली कूटनीतिमा केही राहतको संकेत देखाएको विश्लेषकहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...