News Portal

भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन थालेका छन्। यही पृष्ठभूमिमा भारतले सोमबारदेखि आफ्ना सबै विमानस्थलहरू पुनः सञ्चालनमा ल्याएको छ।

जम्मु–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको घटनापछि भारतले मे ७ तारिखमा सुरक्षाको कारण देखाउँदै ३२ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको थियो। ती विमानस्थलहरू मे १५ तारिखको बिहान ५:२९ बजेसम्म बन्द गरिने निर्णय गरिएको थियो।

तर पछिल्लो समय भारत–पाकिस्तानबीच युद्धविरामको सहमति बनेपछि भारतीय विमानस्थल प्राधिकरणले ती सबै विमानस्थलहरू फेरि खोल्ने निर्णय लिएको हो।

प्राधिकरणले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिक उडानका लागि सबै विमानस्थलहरू खुला गरिएको स्पष्ट पारेको छ। यात्रुहरूलाई भने उडानसम्बन्धी आवश्यक जानकारी आफ्नो एयरलाइन्समार्फत लिन अनुरोध गरिएको छ।

इन्डिगो एयरलाइन्सले पनि सामाजिक सञ्जाल एक्समार्फत ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलबाट पुनः उडान सुरु भएको जानकारी दिएको छ।

क्षेत्रीय तनावका बीच भएको यो युद्धविराम र त्यसपछि हवाई सेवा पुनः सञ्चालन हुनुले दक्षिण एशियाली कूटनीतिमा केही राहतको संकेत देखाएको विश्लेषकहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...