News Portal

उदयपुर मिलिजुली समाज कुवेतद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
४८७ पटक

कुवेत, वैशाख २७ — उदयपुर मिलिजुली समाज कुवेतले विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहँदै एक सफल सामाजिक संस्थाको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ। यसै क्रममा समाजले क्यान्सर पीडित सुस्मिता राई परियारलाई आर्थिक सहयोग गरेको छ।

नेपालको उदयपुर जिल्ला, त्रियुगा नगरपालिका–१३ की बासिन्दा सुस्मिता राई परियार हाल भरतपुरस्थित बि.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन्। उनको आर्थिक अवस्था निकै कमजोर र नाजुक रहेको हुँदा सम्बन्धित गाउँपालिकाबाट सहयोगको लागि सिफारिस प्राप्त भएको थियो।

उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उदयपुर मिलिजुली समाज कुवेतले सहयोग जुटाएको हो।

वि.सं. २०८२ जेठ ९ गते (तदनुसार ९ मे २०२५, शुक्रबार) फर्वानिया पार्कमा आयोजित मासिक बैठकमा, समाजका अध्यक्ष मोहन लुइँटेलको अध्यक्षतामा दाजुभाइ तथा दिदीबहिनीहरूबाट संकलित सहयोग रकम नेपाली रुपैयाँ १८,५०० पीडित सुस्मिता राई परियारलाई पठाइएको अध्यक्ष लुइँटेलले हिमाली सञ्चार मिडियालाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...