News Portal

उदयपुर मिलिजुली समाज कुवेतद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
४३९ पटक

कुवेत, वैशाख २७ — उदयपुर मिलिजुली समाज कुवेतले विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहँदै एक सफल सामाजिक संस्थाको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ। यसै क्रममा समाजले क्यान्सर पीडित सुस्मिता राई परियारलाई आर्थिक सहयोग गरेको छ।

नेपालको उदयपुर जिल्ला, त्रियुगा नगरपालिका–१३ की बासिन्दा सुस्मिता राई परियार हाल भरतपुरस्थित बि.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन्। उनको आर्थिक अवस्था निकै कमजोर र नाजुक रहेको हुँदा सम्बन्धित गाउँपालिकाबाट सहयोगको लागि सिफारिस प्राप्त भएको थियो।

उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उदयपुर मिलिजुली समाज कुवेतले सहयोग जुटाएको हो।

वि.सं. २०८२ जेठ ९ गते (तदनुसार ९ मे २०२५, शुक्रबार) फर्वानिया पार्कमा आयोजित मासिक बैठकमा, समाजका अध्यक्ष मोहन लुइँटेलको अध्यक्षतामा दाजुभाइ तथा दिदीबहिनीहरूबाट संकलित सहयोग रकम नेपाली रुपैयाँ १८,५०० पीडित सुस्मिता राई परियारलाई पठाइएको अध्यक्ष लुइँटेलले हिमाली सञ्चार मिडियालाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...