News Portal

  • भारत–पाकिस्तान तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई मार्ग लम्बियो, भाडा बढ्ने सम्भावना

    हिमालीसंचार संवाददाता
    १४० पटक

    काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तथा सैनिक तनावले हवाई आवागमनमा प्रत्यक्ष असर पारेको छ। पछिल्ला केही दिनयता पाकिस्तानको आकाश प्रयोग गर्न असहज भएपछि मध्यपूर्वबाट नेपाल आउने हवाईजहाजहरूले वैकल्पिक मार्ग अपनाउन थालेका छन्। यसले गर्दा उडान समयमा उल्लेखनीय वृद्धि भएको छ भने खर्च पनि बढ्न थालेको छ।

    कतार, साउदी अरेबिया, युएई, कुवेत, ओमन, टर्की जस्ता देशहरूबाट काठमाडौं आउने उडानहरू अब पाकिस्तानको आकाश छोडेर वैकल्पिक बाटो हुँदै नेपाल आइरहेका छन्। यसअघि कतारबाट काठमाडौं आउन ४ घण्टा ३० मिनेट लाग्ने गरेकामा हाल उही दूरी पार गर्न ५ घण्टा १० मिनेटसम्म लाग्ने भएको छ।

    एयरलाइन्स कम्पनीका प्रतिनिधिहरूका अनुसार यो परिवर्तनले एकतर्फी उडानमा कम्तीमा ४० मिनेटदेखि दुई घण्टासम्म समय थपिएको छ। यससँगै विमानको इन्धन खर्च पनि उच्च बनेको छ।

    नेपाल एसोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमार थपलियाले हालसम्म हवाई टिकटमा प्रत्यक्ष असर नपरेको बताए। तर, युद्धजन्य परिस्थिति लम्बिँदै गयो भने हवाई भाडामा समेत प्रभाव पर्न सक्ने उनको भनाइ छ। “लागत बढ्यो भने मूल्य पनि बढ्न सक्छ, तर यात्रु संख्या घट्ने जोखिमका कारण मूल्य स्थिर रहने सम्भावना पनि छ,” थपलियाले हिमाली सञ्चारसँग भने।

    विशेषज्ञहरूका अनुसार वाइडबडी विमानहरूले प्रतिघण्टा झण्डै ४ लाख रुपैयाँ बराबरको इन्धन खर्च गर्ने हुँदा समय र दूरी बढेपछि हवाई सेवा प्रदायक कम्पनीहरू दबाबमा पर्ने निश्चितजस्तै छ।

    अहिलेलाई यात्रुहरूलाई मूल्यमा कुनै परिवर्तन नदेखिए पनि परिस्थिति अनुसार टिकट दर समायोजन हुने संकेत देखिन थालेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने प्रधानमन्त्री ओलीको जोड

    काठमाडौं, साउन ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई अनिवार्य...

    दाङमा नाबालिग बलात्कार प्रकरणमा युवकलाई १२ वर्ष कैद

    दाङ, साउन ३० — दाङ जिल्लामा १४ वर्षीया नाबालिग बलात्कार प्रकरणमा संलग्न एक युवकलाई अदालतले...

    आज २०८२ साल साउन ३० गतेको राशिफल

    आज साउन ३०, २०८२ (अगस्त १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धरहरा टपरी ममलाई २ लाख जरिवाना, ममभित्र धातुको औंठी फेला

    काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको...

    दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

    दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका...