News Portal

श्वेतपत्रले खोल्यो विद्युत् प्राधिकरणको वास्तविक अवस्था : मन्त्री दीपक खड्का

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं, वैशाख २६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको आर्थिक तथा प्रशासनिक अवस्थाबारे यथार्थ उजागर गर्ने उद्देश्यले श्वेतपत्र सार्वजनिक गरिएको स्पष्ट पारेका छन्।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले विद्युत् प्राधिकरण घाटामा गएको हो वा होइन भन्ने जिज्ञालाई चिर्दै सो श्वेतपत्रले सम्पूर्ण तथ्य बाहिर ल्याएको दाबी गरे। “श्वेतपत्रमार्फत प्राधिकरणको वर्तमान अवस्था जनसमक्ष ल्याइएको छ, सबैले गम्भीर अध्ययन गर्नु आवश्यक छ,” मन्त्री खड्काले भने।

उनले अबको केही दिनमै प्राधिकरणको ताजा वित्तीय विवरणसहित सम्पत्ति र दायित्वको मूल्याङ्कन (ड्यू डिलिजेन्स एसेस्मेन्ट–DDA) प्रक्रिया अगाडि बढाइने जानकारीसमेत दिए।

संसद्मा श्वेतपत्रलाई लिएर उठेका प्रश्नहरूबारे उनले सांसदहरूलाई आफ्ना धारणा राख्न स्वतन्त्र भएको भन्दै, यदि आवश्यक परे संसद्ले विशेष समिति बनाएर गहन छानबिन गर्न सक्ने बताए।

मुलुकमा फेरि लोडसेडिङ फर्कने चिन्ता अस्वीकृत गर्दै मन्त्री खड्काले अब लोडसेडिङ नहुने प्रष्ट पारे। “हामी विद्युत् आपूर्ति स्थिर राख्न प्रतिबद्ध छौं,” मन्त्री खड्काको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...