News Portal

  • विशाल बजारबाट हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ, ४० लाखभन्दा बढी नगद बरामद

    संगीता गुरुङ
    १८५ पटक

    काठमाडौं, वैशाख २४ — काठमाडौंको मुख्य व्यापारिक केन्द्र विशाल बजारस्थित एक कम्पनीको भुइँतलाबाट प्रहरीले मंगलबार साँझ हुण्डी कारोबारमा संलग्न दुईजनालाई रंगेहात पक्राउ गरेको छ। उनीहरूबाट झण्डै साढे ४० लाख रुपैयाँ अवैध नगदसमेत बरामद भएको छ।

    पक्राउ परेका व्यक्तिहरूमा भारतको कोलकातास्थित यादवपुरका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिकाका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार उनीहरूका साथबाट ४० लाख ३२ हजार ५० रुपैयाँ नगद फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा उक्त रकम हुण्डीमार्फत कारोबार गर्ने उद्देश्यले ल्याइएको शंका गरिएको प्रहरीले जनाएको छ।

    अवैध रूपमा हुने यस्ता वित्तीय कारोबारले राष्ट्रको अर्थतन्त्रमा गम्भीर असर पार्ने भएकाले प्रहरीले निगरानी कडा बनाउँदै आएको छ। पक्राउ परेका दुवैजनामाथि हाल थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...