News Portal

ठाँटिकाँधमा जिप दुर्घटना, दुईको मृत्यु ६ जना घाईते

हिमाली संचार संवाददाता
५५३ पटक

प्रबिन शाही
दैलेख : ठाँटिकाँध गाउँपालिकामा वोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

सुर्खेतवाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ वहाँकोट तर्फ जाँदै गरेको भे १ च २२०७ नं. को वोलेरो जिप आज विहान ८ वजेतिर सोहि गाउँपालिका वडा नं. ३ को धामीगाउँ नजिक दुर्घटना हुँदा ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षिय राजेन्द्रवहादुर शाही र वडा नं. १ का अन्दाजी ३० वर्षिय निर्मल वमको मृत्यु भएको वडा नं. ३ का वडा सदस्य कर्णवहादुर वोगटीले जानकारी दिएका छन् ।

घाईतेहरुको नाम र ठेगाना खुल्न सकिरहेको छैन । घाईते अन्य ६ जनाको अवस्था गम्भिर रहेकाले मृतकको संख्या वढ्न सक्ने अनुमान गरिएको छ ।

उद्धारका लागी वडा नं. ३ का वडा अध्यक्ष कर्णवहादुर शाही लगाएतको टोली घटना स्थल पुगी सकेको छ भने गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाही लगाएत ठाँटिकाँध प्रहरी चौकीको टोली घटना स्थलतर्फ गैरहेको जनाईएको छ ।

यता चामुण्डा विन्द्रासैनी नगरपालिकावाट एम्वुलेन्स सहित नगरपालिकाका मेयर सुर्यवहादुर शाहीको टोली पनि घटना स्थलतर्फ गैरहेको वताईएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...