News Portal

ठाँटिकाँधमा जिप दुर्घटना, दुईको मृत्यु ६ जना घाईते

हिमाली संचार संवाददाता
५७३ पटक

प्रबिन शाही
दैलेख : ठाँटिकाँध गाउँपालिकामा वोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

सुर्खेतवाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ वहाँकोट तर्फ जाँदै गरेको भे १ च २२०७ नं. को वोलेरो जिप आज विहान ८ वजेतिर सोहि गाउँपालिका वडा नं. ३ को धामीगाउँ नजिक दुर्घटना हुँदा ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षिय राजेन्द्रवहादुर शाही र वडा नं. १ का अन्दाजी ३० वर्षिय निर्मल वमको मृत्यु भएको वडा नं. ३ का वडा सदस्य कर्णवहादुर वोगटीले जानकारी दिएका छन् ।

घाईतेहरुको नाम र ठेगाना खुल्न सकिरहेको छैन । घाईते अन्य ६ जनाको अवस्था गम्भिर रहेकाले मृतकको संख्या वढ्न सक्ने अनुमान गरिएको छ ।

उद्धारका लागी वडा नं. ३ का वडा अध्यक्ष कर्णवहादुर शाही लगाएतको टोली घटना स्थल पुगी सकेको छ भने गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाही लगाएत ठाँटिकाँध प्रहरी चौकीको टोली घटना स्थलतर्फ गैरहेको जनाईएको छ ।

यता चामुण्डा विन्द्रासैनी नगरपालिकावाट एम्वुलेन्स सहित नगरपालिकाका मेयर सुर्यवहादुर शाहीको टोली पनि घटना स्थलतर्फ गैरहेको वताईएको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...