News Portal

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँमा एटिएम सेवा शुरु

हिमाली संचार संवाददाता
९५९ पटक

बिमला ढकाल
बर्दिया :  राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँ बजारले मंगलबारबाट एटिएम सेवा शुरु गरेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै बैकले मंगलबारबाट एटिएम सेवा शुरु गरेको हो । बैकले मंगलबार उद्धघाटन समारोहको आयोजना गरी एटिएम सेवा शुरु भएको जानकारी दिएको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैँक क्षेत्रिय कार्यालयका प्रमुख आनन्द सुवेदिले संयुक्त रुपमा दिवप्रज्वल गरी रिबन काटेर एटिएम सेवाको उद्धघाटन गर्नुभएको हो ।

पछिल्लो समय बैंकहरु शहर केन्द्रीत भैरहेका बेला बाणिज्य बैंकले एटिएम सहित ठाकुरबाबा नगरपालिकामा सेवा प्रदान गरेकोमा नगरप्रमुख श्रेष्ठले खुशी ब्यक्त गर्नुभएको छ । यस्तै उहाँले पर्यटकिय स्थल ठाकुरबाबा नगरपालिको बिकासका लागी एटिएमले सहयोग पुर्याउने भएकाले ठाकुरबाबा नगरपालिका बैंकसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । एटिएम सेवा शुरु भएसंगै ठाकुरबाबा नगरपालिका भित्र पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणका लागी आउने पर्यटकहरुलाई केहि हदसम्म भए पनि सहज हुनेमा बिश्वास लिइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँका शाखा प्रबन्धक तुलबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको एटिएम उद्धघाटन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो भने राष्ट्रिय वाणिज्य बैँक क्षेत्रिय कार्यालयका प्रमुख आनन्द सुवेदिको विशिष्ट आथित्यता रहेको थियो ।

यस्तै एटिएम उद्धघाटन कार्यक्रममा वाणिज्य बैँक क्षेत्रिय कार्यालयका उप प्रबन्धक राधेश्याम योगी, बिभिन्न बैंकका प्रमुख तथा प्रतिनीधि, ईलाका प्रहरी कार्यालयका प्रमुख, वडा नम्बर १ का वडाध्यक्ष, भुरीगाउँ क्षेत्रका व्यापारी लगाएतको उपस्थिती रहेको रेडियो टाईगरले समाचारमा जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...