News Portal

धादिङबेसीमा डा. केसीको माग समर्थन गर्दै सिठ्ठी जुलुस

संवाददाता
७७१ पटक

धादिङबेसी – आमरण अनसनरत डा. गोविन्द केसीको समर्थन गर्दै धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्थन गरिएको छ

स्वास्थ्य र मेडिकल शिक्षाका विषयमा विभिन्न माग राख्दै २५ दिनदेखि अनशनरत डा. केसी को समर्थनमा मंगलबार धादिङबेसीमा नागरीक समाज पत्रकार विभिन्न संघ संस्थाका प्रतिनीधीहरुले सिठ्ठी जुलुस प्रदर्थन गरेका हुन् ।

देशभरबाट डा. केसी समर्थनमा सरकारलाई दवाव आए सँगै वार्ता जारी भएको छ । वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो । यसका लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका थिए ।

उनले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए ।

लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे । नेम्वाङले डा। केसीको वार्ता टोलीसँग पनि सम्वाद गरे ।

सिंहदरबारमा भएको छलफलमा डा। केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा छन् । नेम्वाङको पहलपछि सरकारी र डा। केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...