News Portal

तपाईंको राधिफल : वि.सं.२०७५ साल मंसिर १२ गते बुधबार, इश्वी सन् २०१८ नोभेम्बर २८ तारिख नेपाल संवत् ११३९

हिमाली संचार संवाददाता
७७० पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा परिनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। विश्वासपात्रबाटै धोका पाइने सम्भावना देखिएकाले सजग रहनुहोला। दिगो योजनामा अघि बढ्न समय पर्खनुपर्ला। गोपनीयतामा विशेष ध्यान दिनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मौकाको प्रतीक्षामा रहने हुँदा सजग रहनुहोला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। पराक्रमले काम सम्पादन हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मानसम्मानमा बाधा पुग्ने हुँदा विचारलाई तौलेर मात्र व्यक्त गर्नुपर्ला। मिहिनेत गर्दा बिस्तारै काम बन्न सक्छ। केही अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समस्या पर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवेश उल्लासमय रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

बेसुरमा धन खर्च गर्नाले सञ्चित रकम सकिनेछ। अर्थअभावले सताउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइएला। सरसापटको रकम फिर्ता लिन मुस्किल पर्नेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ने हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। घरमा लक्ष्मी भित्र्याउने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। तापनि मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। धेरै आम्दानी नभए पनि चुनौती पन्छाउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। शक्तिको धाक देखाउनेहरूलाई तह लगाउन सफल भइनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप भने बढ्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

समय मनोरञ्जनपूर्ण देखिए पनि व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। नजिकका व्यक्तिहरूसँग मतभेद हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। विलम्बपूर्वक काम बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। चुनौतीपूर्ण कामको दायित्व लिनाले दु:ख पाइनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न निकै मिहिनेत पर्नेछ। तर मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। बिग्रिएको काम दोहोर्याउनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्नेछ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। काम र समयको तालमेल नमिल्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन प्रयत्न दोहोर्याउनुपर्ला।

प्रतिकृया दिनुहोस्

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...