News Portal

बजगाईं जस्तो पो मेयर !

५३७ पटक

योगेश रावल/टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईं फेरि एकपटक चर्चामा आएका छन्। बेलाबेला विभिन्न जनमुखी काम गरेर चर्चामा आइरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन।

तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नम्बर १० मा बनाउन लागिएको अस्पतालका लागि खर्च गर्ने निर्णय गराएका हुन्। उनले गाडी किन्ने रकममा अन्य शीर्षकबाट झिकेर १५ लाख रुपैयाँ थप गरी अस्पताल निर्माणमा लगाउने निर्णय गरेका छन्।

मंसिर ९ गते बसेको कार्यपालिका बैठकले नगरपरिषद्को निर्णय परिवर्तन गरेको हो। नगरसभाले कार्यपालिकालाई शीर्षक परिवर्तन गरेर खर्च गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो। सोही अधिकार प्रयोग गरेर मेयर बजगाईंले यस्तो निर्णय गर्न प्रस्ताव गरेका थिए।

गाडी चढ्ने कुराभन्दा नगरबासीको स्वास्थ्य समस्या ठूलो भएकाले यस्तो निर्णय गरेको उनले बताए। ‘मैले गाडी चढ्नुभन्दा ठूलो नगरबासीको स्वास्थ्य हो,’ उनले भने, ‘नगरबासीको सुविधाका लागि बरु म पैदल हिंड्न तयार छु।’

नगरपालिकाको पहलमा एक सय शैयाको सामुदायिक अस्पताल बनाउन लागिएको छ। नगरपालिकाले नै अस्पताल निर्माणको अगुवाइ गरेको छ। मेयर बजगार्इंले अस्पताल निर्माणका लागि डिपिआर तयार भइरहेको जानकारी दिए।

अस्पताल निर्माणका लागि चुहास्थित नवजागृति माविले २ विगाह ७ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएको छ। विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले अस्पताल निर्माणका लागि निःशुल्क जमिन उपलब्ध गराउने निर्णय गरेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता विष्णु खनालले जानकारी दिए। उनले सोही जमिनसँग रहेको २ विगाह १० कठ्ठा ऐलानी जग्गासमेत अस्पतालले उपभोग गर्न पाउने गरी सहमति भएको बताए।

अस्पताल निर्माणका लागि कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावलको सांसद विकास कोषबाट १ करोड १० लाख रुपैयाँ छुट्याइएको छ। अपुग रकम नगरपालिकाको पहलमा जुटाउने तयारी छ।

नगरपालिकासँग से १ झ २३३ नम्बरको एउटा गाडी छ। यो गाडी मेयरले प्रयोग गर्दै आएका छन्। सोही गाडी नगरपालिकाको अन्य कामकाजमा समेत प्रयोग हुने गरेको छ। गाडी किन्ने रकम अस्पताललाई दिने निर्णय गरेपछि मेयर बजगाईं यतिबेला सामाजिक सञ्जालमा छाएका छन्। सबैले उनको प्रशंसा गरिरहेका छन्।

देशका अधिकतर स्थानीय तहका प्रमुखले आर्थिक अनियमितता गरेको भन्दै आलोचना भइहेका बेला मेयर बजगाईं उदाहरणीय बनेका छन्। उनको कार्यको सिको गर्न जनताले अन्य स्थानीय तहका प्रमुखलाई सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन्। नागरिकन्युज

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...