News Portal

लाइनमा बसेर गाडीको टिकट लिने समस्याको अन्त्य, यसरी काट्नुस घरमा बसीबसी

हिमाली संचार संवाददाता
८८७ पटक

काठमाडौं – टिकट लिनको लागि घण्टौ सम्म लाइनमा बसेर टिकट लिनु पर्ने समस्या अब सकिएको छ ।

घरमै बसेर अनलाइन बाटै टिकट काट्न सकिने ,अनलाइनबाट नै रकम भुक्तानी गर्न सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने मेरो यात्रा डट कम डट एनपी ले नयाँ सेवाको सुरुवात गरेको छ ।

मेरो यात्रा डट कममा गएर आफूलाई आवश्यक परेको बेला तत्कालै विभिन्न प्रकारका सवारी साधनहरू पनि रिर्जब गर्न सकिने यसका संचालक उमेश खड्काले बताएका छन् ।

समय सापेक्ष र प्रविधिको प्रयोग गर्दै सरल र सहज रूपमा यात्रुहरू र व्यवासायीहरूलार्इ यसले सहयोग पुग्नुका साथै झन्झटबाट पनि मुक्त हुने संचालक खड्काको दावी छ ।

यात्रुहरूलार्इ लामो दुरीको यात्राको लागी लाइन बस्नु नपर्ने, ठगिनबाट जेगिने र सजिलै टिकट बुकिङ गर्न र रिजर्व गर्न यसबाट सकिने छ ।

त्यसका लागी यात्रुहरुले नजिकैको साइवर, कम्युनसकेशन, ट्राभल एजेन्सी तथा आधिकारीकता प्रप्त टिकट काउन्टरहरू बाट घरमा नै बसि बसि टिकट खरिद गर्न सकिने छ ।

संचालक खड्काको अनुसार अब केहि समय पछि मेरो यात्रा मोवाइल एप पनि कंपनिले सार्वजनिक गर्नेछ । निकट भविष्यमा अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङसंग सहकार्य गरि रकम भुक्तानी गर्न मिल्ने योजना रहको खड्का बताउछन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...