News Portal

वरिष्ठ कथाकार माया ठकुरी सहित अन्य ३ श्रष्टालाई सुरभी आख्यान पुरस्कारले सम्मान

हिमाली संचार संवाददाता
६९८ पटक

काठमाडौं : सुरभि साहित्य प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आइरहेको सुरभी आख्यान पुरस्कारहरूको यस पटक पुरस्कृत गरिने श्रष्टाहरुको नाम घोषणा गरेको छ ।

सुरभि आख्यान पुरस्कार प्रतिष्ठित आख्यानकारलाई दिइने पुरस्कार हो । यस वर्ष यो पुरस्कार वरिष्ठ आख्यानकार माया ठकुरीलाई प्रदान गरिने निर्णय गरिएको छ ।

सुरभि बाजुराम आख्यान साधना पुरस्कार पनि माथिकोजस्तै आख्यान क्षेत्रमा साधनारत स्रष्टालाई दिइने पुरस्कार हो । यस वर्ष यो पुरस्कारबाट वरिष्ठ स्रष्टा सनत रेग्मी सम्मानित हुनुहुनेछ ।

सुलेख साहित्यिक प्रतिभा पुरस्कार वर्षभरि सुलेख साहित्यिक मासिकमा छापिएका कथाहरूमध्ये उत्कृष्ट कथाका स्रष्टालाई दिइने पुरस्कार हो । यस वर्ष यो पुरस्कार पाउन सफल हुनुभएको छ वरिष्ठ साहित्यकार डा. कपिल लामिछाने ।

सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार सुलेख साहित्यक मासिकमा वर्षभरि छापिएका युवा नारीका कथाहरूमध्ये उत्कृष्ट एकलाई दिइन्छ । साथै प्रतिष्ठानले हरेक महिना आख्यान वाचन पनि गर्ने हुँदा सो कार्यक्रममा यस्ता स्रष्टाको उपस्थितिलाई पनि मूल्याङ्कन गरिन्छ । यसवर्षबाट दिइन थालिएको यो पुरस्कार प्राप्त गर्ने स्रष्टा हुनुहन्छ; भूधरा उपाध्याय ।

पुरस्कृत सवैलाई हार्दिक बधाइ ज्ञापन गरिन्छ । वरिष्ठ साहित्यकार विजय चालिसेको अध्यक्षतामा वरिष्ठ समालोचक युवराज मैनाली र साहित्यकार वेदमणि घिमिरे भएको निर्णायक समितिले सो पुरस्कारहरू छनौट गर्ने निर्णय गरिएको हो । पुरस्कार आगामी माघ महिनामा स्थापना दिवसको कार्यक्रममा प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...