News Portal

बिजुलीको खम्बामा आयो ‘नयाँ युग’

हिमाली संचार संवाददाता
७०३ पटक

काठमाडौं : मंगलबार बिहानसम्म त्यस्तो खास केही थिएन। अर्थात् पुरानै युग थियो। तर राति त झलमल्ल ‘नयाँ युग’ आएको देखे धेरैले। उहिले राजा महाराजाका फोटोहरु यसरी सजाइन्थे ठाउँठाउँमा। हाम्रो वाणीको वास्ता हुँदैन थियो, मौसूफहरुको महावाणी चोक चोकमा राखिन्थ्यो।

अहिले दुई तिहाईको सरकार आएपछि प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘एउटा नयाँ युगको सुरुवात’ लेखिएका पोस्टर राखिएका छन् सोलार बत्तीको खम्बा मुनिको विज्ञापन बोर्डहरुमा।

सित्तैमा त यो पक्कै पनि राखिएन होला। यसरी प्रधानमन्त्रीको फोटोसहित नयाँ युगको प्रचार गर्दा चैँ कति खर्च भयो होला? त्यो खर्च गोजीको पैसा त पक्कै हैन होला, तपाईँ हाम्रै राज्यको ढुकुटीबाट जाने होला।

नयाँ युगको सुरुवात त कामले देखाउने हो, मानिसलाई महसूस गराउने हो, गफमात्र दिएर अनि बिजुलीको खम्बामा फोटो झुण्ड्याउँदैमा नयाँ युग आउने भए त हाम्रो देशले अमेरिकालाई उछिनीसक्थ्यो होला। यस्तो गर्नुपर्छ हजुर बनेर सुझाव दिने चाकडीबाजको त कुरै छाडिदिउँ। अँ ठीक छ भनेर स्वीकृति दिने पनि गजबकै नमूना रहेछन् भन्ने देखियो।

खम्बामा झुण्डिएको नयाँ युग तल सडकमा झर्ने चाहिँ कहिले होला। बिचरा हामी नागरिक झर्ला र खाउँला भनेर हेरिरहेका छौँ। यो खम्बामा पोस्टर टाँस्ने ठेक्का कसले पाएको हो, उसलाई चाहिँ समृद्धि राम्रैसँग आयो होला। माइसंसार

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...