News Portal

भूकम्प : दिल्लीमा ७ रेक्टर स्केलको भूकम्पको ठूलो भविष्यवाणी- एनसीएस

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं – आगामी २४ घण्टामा दिल्ली र आसपासका क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प जाने भविष्यवाणीले जनतामा त्रासको वातावरण सिर्जना गरेको छ । यो दाबी विकास जियोसेसिङ प्राइभेट लिमिटेडका निर्देशक विकास कुमारले गरेका हुन् । तर राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) ले यो दाबी पूर्णतया निराधार भएको भन्दै अफवाहमा ध्यान नदिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

भूकम्पको पूर्वानुमानको दाबी विकास कुमारले आफ्नो विज्ञप्तिमा आफ्नो भूकम्प पूर्व चेतावनी प्रणाली (एन्डिएसएस) मार्फत दिल्ली र नेपालको सीमामा भूकम्पको संकेत प्राप्त भएको बताए। उनका अनुसार दिल्लीबाट १०० किलोमिटर टाढा उत्तर–दक्षिण दिशामा ३ देखि ५ म्याग्निच्युडको भूकम्प आउन सक्छ ।

नेपालको सीमा क्षेत्रमा ५ देखि ७ रेक्टर स्केलको भूकम्प जाने सम्भावना रहेको छ । अबको २४ घण्टामा यो भूकम्प आउन सक्छ । विकास कुमारले आफ्नो गणेश नगर, पाण्डव नगर, दिल्लीमा जडान गरिएको उपकरणले यस्तो चेतावनी दिएको बताए। उनले मानिसहरूलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न सुझाव दिए।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...