News Portal

रंगेलीमा रहेको इस्लामिया अाधारभुत विद्यालयको नवनिर्मित दुई काेठाे भबनकाे उद्घाटन

हिमाली संचार संवाददाता
५४० पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ मा २०१९ सालमा स्थापना भएकाे इस्लामिया अाधारभुत बिधालयमा साेमबार एक कार्यक्रमका विच नवनिर्मित दुई काेठाे भबनकाे उद्घाटन गरिएको छ ।

कार्यक्रमकाेे प्रमुख अतिथि प्रदेश नम्बर १ का सामाजिक बिकास मंन्त्री जीवन घिमिरे, ऋिषिकेश पाेख्रेल, नगरपालिका मेयर दिलिप बगडिया, बडा अध्यक्ष रामचन्द्र मंन्डल, नेपाली कांग्रेसका माेदराज घिमिरे, स्थानीय सुरेश मिश्र, मनाेज अग्रवाल, सन्ताेष साह, जगर्नाथ मंन्डल ,मुस्लिम समाजका अध्यक्ष साहेव अालम, इनअामुल लगायतकाे उपस्थित समेत रहेको थियोे ।

उक्त कार्यक्रम मुस्लिम समुदायका विशिष्ट ब्यक्ति हरुलाई मायाकाे चिनाेद्वारा सम्मानित समेत गरीएको थियोे।

१६ लाखकाे लागतमा दुई काेठे पक्कि भवनका लागि शिक्षा समन्वय समिति माेरङले दिएता पनि भवन निर्माणका लागि रकम अपुग भए पछि अाफ्नाे समुदायबाट बिधालयले २ लाख ५ हजार रुपैयाँ चन्दा सङकलन गरेर उक्त भवन निर्माण सम्पन्न गरीएकाे इस्लामिया अाधारभुत बिधालयका अध्यक्ष माेहवद अजिम अालमले बताए ।

साे बिधालयमा रंगेली अास्पासमा रहेका मुस्लिम समुदायका १सय ३० जना बालबालिकाहरु साे बिधालयमा अध्यनरत रहेका छन । नेपाल सरकारले प्रत्येक बर्ष विद्यार्थीहरुलाई निशुलक पाठ्यपुस्तकका लागि रकम दिएता पनि उक्त रमक अाफुहरुलाई अपुग हुने गरेको बताए । उनले भने नेपाल सरकारले लागू गरिएको किताब भएता पनि अाफुहरुले अाफ्नाे धार्मिक किताब समेत पढाई गरिएको हुनाले बार्षिक ४० हजार देखि ५० हजार रुपैयाँ सम्म थप रकम चन्दा सङ्कल गरि किन्नुपर्ने बाध्यता रहेको अालामले बताए ।

२०६४ सालमा विद्यालय दर्ता भई सकेता पनि उक्त विद्यालयमा नेपाल सरकारले एक जना शिक्षककाे मात्रै रकम दिने गरेता पनि विद्यालयमा दरवन्दि समेत नभएकाे तर समुदायको चन्दाकाे भरमा २ जना शिक्षक राखेेेर पठनपाठन गरिएको बताए । सरकारले दिने सेवा र सुबिधाबाट मुस्लिम समुदायको विद्यालायलाई विभेद गरेकाे अाराेप लगाए।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...