News Portal

हिंसात्मक प्रदर्शनप्रति चेम्बरको आपत्ति, शान्ति र क्षतिपूर्तिको माग

नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार काठमाडौंका विभिन्न स्थानमा भएका हिंसात्मक प्रदर्शनहरूप्रति गम्भीर आपत्ति जनाएको छ।

संगीता गुरुङ
३३२ पटक

काठमाडौं, चैत्र १७ – नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार काठमाडौंका विभिन्न स्थानमा भएका हिंसात्मक प्रदर्शनहरूप्रति गम्भीर आपत्ति जनाएको छ। राजावादी प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु निन्दनीय भएको चेम्बरको धारणा छ।

बानेश्वर, तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भएका घटनाले सर्वसाधारण, सञ्चारगृह, व्यवसायी तथा उद्यमीहरूलाई प्रत्यक्ष असर पुर्‍याएको भन्दै चेम्बरले यस्तो अराजक गतिविधि नियन्त्रण गर्न आग्रह गरेको छ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा दुःखद रूपमा दुई युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। साथै, निजी तथा सार्वजनिक संरचनामा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ।

यस्ता घटनाले मुलुकको शान्ति सुव्यवस्था मात्र होइन, अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने चेतावनी दिंदै चेम्बरले हिंसात्मक गतिविधि त्याग्न सबै पक्षलाई अनुरोध गरेको छ। साथै, भविष्यमा यस्ता अप्रिय घटनाहरू नदोहोरियोस् भन्ने सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...