News Portal

समाजवादी मोर्चाको प्रदर्शनका लागि विप्लव समूहद्वारा झण्डा उत्पादन

समाजवादी मोर्चाको प्रदर्शनका लागि विप्लव समूहद्वारा झण्डा उत्पादन गरिरहेको छ।

संगीता गुरुङ
२१८ पटक

काठमाडौं, चैत्र १४ – समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनका लागि आवश्यक झण्डा विप्लव नेतृत्वको नेकपाले आफ्नै कारखानामा उत्पादन गरिरहेको छ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), र विप्लव नेतृत्वको नेकपासहितका दलहरूले संयुक्तरूपमा आयोजना गर्ने यस प्रदर्शनमा करिब एक लाख झण्डा प्रयोग गरिनेछ। नेकपाका पोलिटब्युरो सदस्य चिरन पुनका अनुसार, ती झण्डाहरू विप्लव समूहको ‘सी गार्मेन्ट’ कारखानामा उत्पादन भइरहेका छन्।

यसैबीच, प्रदर्शनका लागि आवश्यक भाटा माओवादी केन्द्रले तयार गरिरहेको छ भने नेकपा (एस) ले भ्रष्टाचार, सुशासन, महँगी, सहकारी संकट र शिक्षकहरूको समस्या जस्ता विषय उठाउँदै १४ वटा नारा तय गरेको छ।

यसअघि हुने विभिन्न दलका प्रदर्शनहरूमा झण्डा मुख्यत: बागबजार क्षेत्रमा तयार गरिन्थ्यो। तर, यस पटक गणतन्त्र पक्षधर समाजवादी मोर्चाले आफ्नै स्रोतबाट झण्डा उत्पादन गरेर प्रयोग गर्ने निर्णय गरेको छ।

मोर्चाले प्रदर्शनमा एक लाखभन्दा बढी सहभागी उतार्ने दाबी गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...