News Portal

प्रधानमन्त्री ओलीको प्रस्टोक्ति: “एउटा हटायो, अर्को नियुक्ति गर्‍यो, सकियो”

संगीता गुरुङ
१७९ पटक

काठमाडौं, चैत्र १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे अनावश्यक बहस गर्न नपर्ने बताएका छन्।

माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै घिसिङको बर्खास्ती फिर्ता लिनुपर्ने माग गरेका थिए। माओवादी सांसद शक्ति बस्नेतले प्रधानमन्त्रीले सदनलाई यस विषयमा जवाफ दिनुपर्ने बताएका थिए। विपक्षीको लगातारको अवरोधका कारण संसद बिहीबारसम्मका लागि स्थगित गरिएको छ।

युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको निर्णयबारे संक्षिप्त प्रतिक्रिया दिंदै भने, “एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सकियो।”

उनले सरकारी निर्णयलाई लिएर अनावश्यक हल्ला मच्चाउनुको अर्थ नभएको बताउँदै भने, “विपक्षीहरूले चाहेको मान्छे मात्र नियुक्त गर्नु सरकारको जिम्मेवारी होइन।”

प्रधानमन्त्रीको यो भनाइले सरकार आफ्नो अडानमा दृढ रहेको देखिन्छ, तर विपक्षी दलहरूले अझै दबाब जारी राख्ने संकेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...