News Portal

कुलमानबारे प्रष्ट जवाफ नआए संसद् अवरोध र आन्दोलन : प्रचण्ड

हिमालीसंचार संवाददाता
२५७ पटक

१३ चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर स्पष्ट र सन्तोषजनक जवाफ नदिएसम्म संसद् सञ्चालन हुन नसक्ने चेतावनी दिएका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफ आउनुपर्ने बताए।

‘प्रधानमन्त्रीले संसद्मा स्पष्ट रूपमा कारण नखुलाएसम्म संसद् अगाडि बढ्न सक्दैन,’ प्रचण्डले भने, ‘सही ढंगले जवाफ आयो भने संसद् खुल्छ, तर यदि ढाकछोप वा जालझेल गरियो भने आन्दोलनको बाटो रोज्न बाध्य हुनेछौँ।’

यसैबीच, विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन्। उनीहरूले कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै सरकारले यसको जवाफ दिनुपर्ने माग राखेका छन्।

 

प्रतिकृया दिनुहोस्

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...