News Portal

  • आगलागिबाट ढोरपाटनका ४८ घर जलेर खरानी, ३ करोडको क्षती

    ५५८ पटक

    सिर्जना पन्त
    बागलुङ : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ९ नवी गाउँमा आइतबार विहान आगोलागि हुँदा ४४ घर जलेर पूर्ण नष्ट भएका छन् भने ४ घरमा आंशिक रुपमा क्षती भएको छ ।

    आइतबार विहान ३ बजे बस्तीमा लागेको आगो विहान ८ बजे नियन्त्रणमा आएको थियो । आगोलागि बाट ३ करोड ३० लाख ८० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय वुर्तिवाङ प्रहरी जवान तथा सूचना अधिकारी उत्तम मल्लले बताउँनुभयो ।

    चिसोका कारणले सो क्षेत्रका स्थानियहरु गाई वस्तु सहित घुम्ती बसाईको लागि ढोरपाटन नगरपालिकाका तल्लो भेगमा बसाई सरेको हुनाले आर्थिक र भौतिक संरचनामा क्षती भएपनि मानविय र पशुजन्य क्षती भने नभएको प्रहरीले बताएको छ । आगो लाग्नुको कारण खुल्न नसकेको मल्लले बताउँनु भयो ।

    ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हुनमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिएको थियो । शिकार आरक्षमा रहेको हुनमान ध्वज गुल्मका गुल्मपती सेनानी रविराम खड्काले सो बस्तीमा आगो लागेको खबर पाउँनासाथ १ सय २ जना सेनाको टोलीसहीत पुगेको र ढोरपाटन शिकार आरक्षका कर्मचारीको सहयोग लिएर आगो नियन्त्रणमा लिएको बताउँनुभयो ।

    ‘ढोरपाटनमा चिसोका कारण तल झरे पछि कोही छैनन्’ स्थानीय इन्द्र शाहीले भन्नुभयो ‘स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेपछि उनिहरु आइपुगेका छन्, आगोलाग्नु र धनसम्पत्ती नष्ट हुनु दुखद भएपनि मानवि क्षती नभएको भए र केही राहात भएको छ ।’ नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँनै आगोको चपेटामा परेपनि आगोलाई जंगल तर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी विर बहादुर थापाले बताउनुभयो ।

    आगोलागि पछि उजाड बनेको नवी गाउँको वस्तीलाई पुन बसाल्नको लागि तत्काल ढोरपाटन नगरपालिकाको कार्यालयले प्रति परिवार एक लाख रुपैया आर्थिक सहयाग गर्ने मेयर देवकुमार नेपालीले बताउँनुभएको छ । नेपालीले प्रत्येक परिवारलाई आफ्नो व्यक्तिगत खर्चबाट सबै घरका छानाहरु टिनले छाईदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...