News Portal

कुलमान घिसिङ अदालत जाने, रवि लामिछानेको मौन विरोध

संगीता गुरुङ
२९३ पटक

चैत्र १२, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारले आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध अदालत जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारको यो निर्णय अन्यायपूर्ण रहेको घिसिङको दाबी छ। उनले भने, “सरकारले अनावश्यक आरोप लगाएर मलाई हटायो। म मन्त्रिपरिषद्को पत्र बुझ्नेछु, त्यसपछि कानुनी प्रक्रियामा जान्छु।

उनको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनौठो तरिकाले विरोध जनाएका छन्। लामिछाने, जो पछिल्लो पाँच महिनादेखि सामाजिक सञ्जालमा निष्क्रिय थिए, सोमबार राति फेसबुक लाइभमा देखा परे। उनले कुनै शब्द नबोल्दै कोठाको बत्ती निभाएर मैनबत्ती बाल्दै सरकारको निर्णयको प्रतिरोध गरे। लाइभको क्याप्सनमा उनले लेखे, “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्!

सहकारी ठगी प्रकरणपछि लामिछाने पहिलो पटक सामाजिक सञ्जालमा देखिएका हुन्, जसलाई धेरैले राजनीतिक संकेतका रूपमा लिएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...