News Portal

हात्तीलाई झोलामा कसरी हाल्ने? बद्रीजी, आउनोस् छलफल गरौँ : आरके शर्मा

हिमालीसंचार संवाददाता
३०६ पटक

बेल्जियम – गैर आवासीय नेपाली संघ (एनआरएन) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकताको महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन्।

एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका अध्यक्ष शेष घले र समितिका सदस्यहरूसँग सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई आग्रह गरेका छन्।

केही समय अघि प्रधानमन्त्री केपी ओलीले सोल्टी होटेलमा सुनाएको एक कथा सम्झँदै उनले भने, “एक जना बालकले आफ्नो बाबुलाई झोला किनी दिन भने, बाबुले झोला किनी दिए। त्यसपछि छोराले हात्ती किनी दिन भने, बाबुले हात्ती पनि किनी दिए। अनि छोराले त्यो हात्तीलाई झोलामा हाल्न भने। अब हात्तीलाई झोलामा कसरी हाल्ने?”

“त्यसैले बद्रीजी, बाल हठ छोड्नोस्। तपाईंका केही विषय छन् भने अप्रिलको पहिलो साता काठमाडौंमा बन्द कोठामा बसौँ। छलफल गरौँ। जसरी पनि निकास निकालौँ,” उनले भने।

अभियन्ता शर्माले बद्री केसीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा एनआरएनए एकताका लागि विनोद कुँवर समूहसँग गरेको सहमति पालना नगरेको आरोप लगाए। “सहमतिमा हस्ताक्षर गर्‍यौँ, तर लागू गरिएन। सन् २०२३ मा निर्वाचनमा आपराधिक तरिकाले फ्रड गरियो, अर्कैको नाममा भोट हालियो। बाध्य भएर हामीले अर्को कमिटी गठन गर्नु पर्‍यो।”

सर्वोच्च अदालतको परमादेश अनुसार क्रियाशील उच्चस्तरीय समितिले एकताको महाधिवेशनका लागि मे ३-५, २०२५ मा मिति तोकी सकेको छ। अभियन्ता शर्माले अदालतको परमादेशलाई बेवास्ता गर्न नमिल्ने बताउँदै सबैलाई सहमतिमा आउन आग्रह गरे।

उनले समय कम भएकाले कम्तीमा अप्रिल १० भित्र वार्ता गरेर सबैलाई सहभागी गराउने वातावरण बनाउन उच्चस्तरीय समितिलाई पनि आग्रह गरे। उनले भने, “एनआरएनएभित्रको अहिलेको गतिविधिमा म पनि पूर्ण रूपमा सन्तुष्ट हुन सकेको छैन, तर संस्थाको बृहत्तर हितका लागि सबैले विगत बिर्सिएर अघि बढ्नु पर्ने बेला आएको छ।”

उनले बद्री केसी समूहलाई अदालतको आदेशअनुसार एमआइएस प्रणालीमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह गरे।

“अदालतभन्दा ठूलो कोही पनि छैन। त्यसैले सम्मानित सर्वोच्च अदालतको फैसलाको सम्मान र पालना गरौँ। हामीले नै अदालतको आदेशको पालना गरेनौं भने नेताहरूलाई यसो गर, उसो गर भन्ने नैतिक अधिकार हामीसँग रहँदैन,” शर्माले भने।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...