News Portal

सिर्जनामा रमाऊँ !

हिमाली संचार संवाददाता
१०२१ पटक

– पारसनाथ आचार्य

कुसुमसरि फुलाऊँ भव्य पारूँ बगान
मन र मगजबाटै दूर जाऊन् थकान
सविनय पिरतीको प्रेमगाथा म गाउँ
रसमय कविताको सिर्जनामा रमाऊँ

सुललित लय मीठा काव्यमा पोख्न पाऊँ
तनमन कवितामै प्रेम साथै सजाऊँ
कलकल सरिता झैँ भावगंगा बगाऊँ
रसमय कविताको सिर्जनामा रमाऊँ

कवि तन मनबाटै काव्य लेखौं रमाई
मधुमय लत बस्ने भव्य राम्रो बनाई
रहर छ दिलबाटै चेत नौलो जगाऊँ
रसमय कविताको सिर्जनामा रमाऊँ

अभिनय हुन जाओस् सिर्जनाले विचित्र
असल सबल राम्रो प्राण देखूँ सचित्र
सुमधुर रस वाणीबाट चिन्ता भगाऊँ
रसमय कविताको सिर्जनामा रमाऊँ

तुष कसर पखालौ भेद सारा नराम्रो
प्रमुदित मन भित्री दिव्य संस्कार हाम्रो
मृदुल हृदयबाटै पाप सारा हटाऊँ
रसमय कविताको सिर्जनामा रमाऊँ।।

इन्द्रावती – ५, सिन्धुपाल्चोक
हाल : साइप्रस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...