News Portal

गोकुल बास्कोटाको निर्वाचन क्षेत्र बनेपामा राजादावीहरुले गरे भव्य प्रर्दशन

हिमालीसंचार संवाददाता
४७२ पटक

काभ्रे, बनेपा। राजसंस्था फर्काउन माग गर्दै बनेपामा राजावादीहरुले प्रर्दशन गरेका छन्। नेकपा एमालेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको क्षेत्र समेत रहेको काभ्रेको बनेपास्थित गोदामचोकबाट प्रर्दशन शुरु गरेका राजावादीहरुले बनेपा नगर परिक्रमा पछि चारदोवाटोमा कोणसभा गरेका थिए।

जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरुले राजधानीमा आगामी चैत १५ हुने हुने आन्दोलनको पुर्व तयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको बताएका छन्।

राजावादी भनेर चिनिएका बनेपाका ब्यवसायी समेत रहेका नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रबादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो। समितिका सदस्य हेमशंकर गिरीले आन्दोलन जारी रहने भएकाले संयम तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन उनले अनुरोध गरे।

आन्दोलनमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले धारणा राखेका थिए। सो समितिमा आरजु केसी, प्रेम बैदार, गणेशलाल श्रेष्ठ, दिपक तिमल्सिना, कोकिल थापा, रामचन्द्र देउजा, जीवन लामा, सुरेश सापकोटा, जयराम थापा, कपिन्द्र देउजा, रामकला बराल, जीवनकुमार लामा, निर्मला विक, मिनोज थापा, बलदेव केसी, रोशन श्रेष्ठ, हेमशंकर गिरी, समिर शर्मा, विष्णु सापकोटा, सुनिल खड्का लगायत रहेका छन्।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...