News Portal

गोकुल बास्कोटाको निर्वाचन क्षेत्र बनेपामा राजादावीहरुले गरे भव्य प्रर्दशन

हिमालीसंचार संवाददाता
५२३ पटक

काभ्रे, बनेपा। राजसंस्था फर्काउन माग गर्दै बनेपामा राजावादीहरुले प्रर्दशन गरेका छन्। नेकपा एमालेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको क्षेत्र समेत रहेको काभ्रेको बनेपास्थित गोदामचोकबाट प्रर्दशन शुरु गरेका राजावादीहरुले बनेपा नगर परिक्रमा पछि चारदोवाटोमा कोणसभा गरेका थिए।

जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरुले राजधानीमा आगामी चैत १५ हुने हुने आन्दोलनको पुर्व तयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको बताएका छन्।

राजावादी भनेर चिनिएका बनेपाका ब्यवसायी समेत रहेका नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रबादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो। समितिका सदस्य हेमशंकर गिरीले आन्दोलन जारी रहने भएकाले संयम तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन उनले अनुरोध गरे।

आन्दोलनमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले धारणा राखेका थिए। सो समितिमा आरजु केसी, प्रेम बैदार, गणेशलाल श्रेष्ठ, दिपक तिमल्सिना, कोकिल थापा, रामचन्द्र देउजा, जीवन लामा, सुरेश सापकोटा, जयराम थापा, कपिन्द्र देउजा, रामकला बराल, जीवनकुमार लामा, निर्मला विक, मिनोज थापा, बलदेव केसी, रोशन श्रेष्ठ, हेमशंकर गिरी, समिर शर्मा, विष्णु सापकोटा, सुनिल खड्का लगायत रहेका छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...