News Portal

विप्लव सीले मधेसमा सहिद अजबलाल यादवको सम्झनामा पाँच महत्वपूर्ण कार्य गरे

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेसको भ्रमणमा सहिद अजबलाल यादवको स्मृतिमा पाँच महत्वपूर्ण कार्य सम्पन्न गरेका छन्।

संगीता गुरुङ
३०८ पटक

काठमाडौँ, चैत्र ११ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेसको भ्रमणमा सहिद अजबलाल यादवको स्मृतिमा पाँच महत्वपूर्ण कार्य सम्पन्न गरेका छन्।

सहिद अजबलाल यादव स्मृति प्रतिष्ठानले आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित विप्लवले १६ जना यौद्धा र सहिद परिवारलाई सम्मान गरे। सिरहाका माइला दाई, थिरमाया तामाङ, हरिलाल यौन्जन, लिलादेवि तिवारी, धनुषाका विहारी राय, अमात, शोभित यादव, शिला यादव, अजबलाल यादवकी आमा रामपरिदेवि यादव र कारोदेवी यादवसँगै महोत्तरीका भिष्म खड्का र सर्लाहीका प्रेमबहादुर राना मगर पनि सम्मानित भएका छन्।

कार्यक्रम धनुषा जिल्लाको लक्ष्मी इङलिस बोर्डिङ स्कूलमा सम्पन्न भएको थियो। विप्लवले अजबलाल स्मृति प्रतिष्ठानको नयाँ कार्यालय उद्घाटन गरे, त्यसैगरी प्रतिष्ठानको पुस्तकालयको पनि उद्घाटन गरे। उनले अजबलाल यादवको स्मृतिमा निर्मित शालिकमा माल्यार्पण, गेटको रङ लगाउने कार्य र सडक सरसफाइजस्ता काम पनि गरेका छन्।

सहिद अजबलाल यादव जनयुद्धको क्रममा शहीद भएका थिए। यस अवसरमा विप्लवले उनको योगदानलाई उच्च सम्मान गर्दै श्रद्धांजलि अर्पण गरे।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...