News Portal

पूर्व अमेरिकी महान्यायाधिवक्ता जेसिका एबरको शङ्कास्पद मृत्यु

पूर्व अमेरिकी महान्यायाधिवक्ता जेसिका एबरको शङ्कास्पद मृत्युको घटना सार्वजनिक भएको छ।

हिमालीसंचार संवाददाता
२२४ पटक

चैत्र ११,वासिङटन डीसी – पूर्व अमेरिकी महान्यायाधिवक्ता जेसिका एबरको शङ्कास्पद मृत्युको घटना सार्वजनिक भएको छ। शनिवार, भर्जिनियाको अलेक्जान्ड्रिया स्थित एक घरमा एबरको शव फेला परेको हो। एबरले अमेरिकाको पूर्वी भर्जिनिया विभागमा महान्यायाधिवक्ताको रूपमा सेवा पुर्‍याएकी थिइन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पुनः ह्वाइट हाउसमा प्रवेश गरेपछि एबरले २०१८ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। राजीनामा दिएको केही महिनापछि उनको रहस्यमय मृत्युले शङ्का र जिज्ञासा उत्पन्न गरेको छ। भर्जिनिया प्रहरीले घटनास्थलमा पुगेर शवलाई उद्धार गरेको र यस घटनामा अनुसन्धान जारी राखेको जनाएको छ।

जेसिका एबरको जन्म भर्जिनियामा भएको थियो र उनले रिचमन्ड विश्वविद्यालयबाट स्नातक तथा विलियम एण्ड मेरी ल स्कूलबाट कानुनमा डिग्री प्राप्त गरेकी थिइन्। आफ्नो पेशागत जीवनको आरम्भ म्याकगुइरवुड्स एलएलपीमा गरेको एबरले अमेरिकी न्याय मन्त्रालयमा योगदान पुर्याइन्। २०२१ मा जो बाइडेनले उनलाई अमेरिकी महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए, र सिनेटले सर्वसम्मतिले अनुमोदन गरेको थियो।

घटनाको अनुसन्धान जारी राखिएको र शव फेला परेका स्थानमा जेसिका एबरको निवास थियो कि थिएन भन्ने विषयमा प्रष्टता आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...