News Portal

लखनउ विमानस्थलमा एक यात्री मृत अवस्थामा फेला

लखनऊको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ अवतरण गरेपछि एक यात्री मृत अवस्थामा फेला परेका छन्।

हिमालीसंचार संवाददाता
१९३ पटक

चैत्र ८, लखनउ – भारतको लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ अवतरण गरेपछि एक यात्री मृत अवस्थामा फेला परेका छन्।

विमान स्थानीय समयअनुसार बिहान ८:१० बजे अवतरण भएपछि चालक दलका सदस्यहरूले यात्रुहरूलाई सिट बेल्ट खोल्न र विमानबाट ओर्लिन आग्रह गरे। तर, आसिफउल्ला अन्सारी नाम गरेका एक यात्री आफ्नो सिटबाट नउठेपछि चालक दलका सदस्यहरूले उनलाई बोलाउन प्रयास गरे। कुनै प्रतिक्रिया नआएपछि तुरुन्तै चिकित्सक बोलाइयो, जसले उनलाई मृत घोषित गरे।

मृतकको निधन कसरी भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन। उनले सिट बेल्टसमेत नखोलेको पाइएकाले यात्रा क्रममा नै ज्यान गएको हुन सक्ने आशंका गरिएको छ। शव परीक्षणका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...