News Portal

भारतमा एक युवकले युट्युबको सहायतामा आफ्नै पेट काटे

भारतको उत्तरप्रदेशको मथुरा नगरका ३२ वर्षीय युवकले युट्युबको ट्युटोरियल हेरेर आफैले आफ्नै पेटको शल्यक्रिया गरेका छन्।

हिमालीसंचार संवाददाता
२१४ पटक

भारत – उत्तरप्रदेशको मथुरा नगरका ३२ वर्षीय राजा बाबु नामक युवकले युट्युबको ट्युटोरियल हेरेर आफैले आफ्नै पेटको शल्यक्रिया गरेका छन्। यो अनौठो घटनाले भारतीय मिडियामा चर्चा पाएको छ।

राजा बाबु, जो वाणिज्यशास्त्रमा स्नातक छन्, केही महिनादेखि पेटको गहिरो समस्याबाट पीडित थिए। धेरै पटक डाक्टरको जाँच गरे पनि रोगको पत्ता नलागेपछि उनले युट्युबमा पेटको शल्यक्रिया कसरी गर्ने भन्ने बारेमा सिक्ने निर्णय गरे।

उनले आवश्यक सबै सामग्रीहरू औषधी पसलबाट किनेर आफ्नै कोठामा बसि शल्यक्रिया सुरु गरे। सर्जिकल ब्लेड, लठ्याउने सुई र टाँका लगाउने धागो जस्ता सामग्रीहरूसँग उनले आफ्नो पेटमा सात इन्चसम्म काटे।

तर केही समयपछि, लठ्याउने औषधीको असर घट्दै गएपछि उनी अत्यधिक पीडामा चिच्याए। परिवारका सदस्यहरूले उनलाई तत्काल अस्पताल पुर्‍याए, जहाँ प्राथमिक उपचार पछि उनलाई आग्रास्थित एसएन मेडिकल कलेज रेफर गरिएको थियो।

डाक्टरहरूले उनका स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्, र अहिले उनी सामान्य बोल्न सक्ने अवस्थामा पुगेका छन्। राजा बाबुले भने, “मैले धेरै डाक्टरलाई देखाए, तर उपचार नभएको कारण मैले आफैले यो कदम चालें।”

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...