News Portal

रंगेली बासिले कहिले गुणस्तरीयुुुुक्त पानी पिउन पाउने त ?

हिमाली संचार संवाददाता
६४८ पटक

रबिन्द्र बराल
स्वच्छ खानेपानीका लागि नेपाल सरकारले रंगेलीमा पानी ट्याङ्की निर्माण गरेता पनि रंगेली नगरपालिका स्थानीय बासिन्दाले अझै पनि गुणस्तरयुक्त पानी खान पाएका छैनन् ।

रंगेली नगरपालिका ७,६,र ४ का वडा लाई लक्ष्यित भएकाे पानी ट्याङ्की भएता पनि समयमै पानी ट्याङ्कीमा फिल्टर जडान नगर्दा स्थानीयले समस्या भाेगिरहेका छन । एसियाली बिकास बैककाे ऋण सहयोगमा २०४९ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद काेईरालाले पानी ट्याङ्कीकाे शिलान्यास गरेका थिए ।

२ कराेड ६० लाख रुपैयाँ बराबरको लागतमा खानेपानी निर्माण भएता पनि पानी भने लेदाे र धमिलो भएको कारण स्थानीय उक्त पानी पिउन बाध्य रहेका छन । केही बर्ष अगाडि नेपाल सरकार र जिल्ला खानेपानी संस्थाले पाईप लाईनकाे सर्वेले रंगेली अासपासमा २७ किलोमिटरका लागि ४ कराेडाै ५० लाख रुपैयाँ बराबरको रकमकाेे अाबस्यक रहेको बताएता पनि हालसम्म खानेपानी संस्थालाई नेपाल सरकारले बेवास्ता गरेको पाईन्छ । उक्त पाईपहरुकाे अवधि २० बर्ष मात्रै भएता पनि २३ बर्ष देखि एउटै पाईप लाईन भएको र पुरानो पाईप लाईन नफेर्दा समस्या भएको समितिका अध्यक्ष प्रदिप साहले बताए ।

केही बर्ष स्थानीयले राम्रो पानी खाएता पनि बिगत ८ बर्ष अगाडि देखि घमिलाे र लेदाे पानीलाई घरमा फिल्टर गरेर पिउन बाध्य रहेका छन । अहिले पानी लुगाफाटा धुनका लागि समेत लेदाे अाउने समस्या रहेको स्थानीय महिलाहरु बताउछन् । निर्माण संगै फिल्टर जडान गर्नुपर्ने भएता पनि १० बर्ष पछि फिल्टर जडान कार्य भएकाे हुनाले प्रभावकारी रुपमा काम नगरेको कार्यलय प्रमुख शिवराज दहालले बताए । तर पनि अाफुहरुले उपभोक्तलाई सकेसम्म राम्रो पानी जाअाेस भनेर उपभोक्ता हरुकाे कम्पेलन अनुसार १५/१५ दिन भित्र पानी सफा गर्ने गरेको बताए । तर जव सम्म रंगेली अासपासकाे करिव २७ किलोमिटरसम्मकाे पाईपलाई नयाँ चेन्ज नभए सम्म जतिसुकै सफा गरेपनि बारम्बार लेदाेे पानी जाने दहालले बताए ।

नेपाल सरकारको करिव ७५ लाखको सहयोगमा रंगेली खानेपालीमा सोलार प्लान्ट जहान भए पछि बिधुत अापुर्ति नहुदा समेत खानेपानी २४ घन्टा सर्वसाधारण हरुले पानी पिईरहेका छन । २०५२ सालमा निर्माण गरिएको पानी ट्याङ्कीकाे क्षमता ४ लाख ५० हजार लिटरको रहेकाे छ । रंगेली खानेपानीले हालसम्म ८ सय १० घर घुरीमा खानेपानी पुर्याउदै अाईरहेकाे छ ।

पाईपलाई चेन्ज नगर्दा रंगेलीका बासिन्दाहरुले फाेहर लेदो पानी फिलटर गरेर पानी पिउन बाध्य हुनु परेकाे छ । रंगेली खानेपानीले एक ग्राहक बापत ८ हजार लिटर पानी दस्तुर ९० रुपैयाँ लिदै अाईरहेकाे छ । रंगेली नगरपालिका भित्रका ठुला बडा र हुने खाने हरुले बर्षाे देखि पानीको महसुल समेत नतिरी कनै खाई रहेका छन । भने यस खानेपानी संस्थाले ८ लाख देखि ९ लाख रुपैयाँ सम्म बाँकी बक्यौता रकम उठाउन बाँकी रहेकाे संस्थाले जनाएको छ ।

खानेपानी देखि स्थानीय दुखित
स्थानीय जानुका घिमिरेका अनुसार रंगेलीकाे खानेपानी लेदाे अाउने भएको हुनाले समस्या अाफु हरुलाई बिहान बेलुकी खाना पकाउन, लुगा धुन र नुहाउन समेत बढि समस्या परेको बताए ।

घरमा रहेकाे फिल्टर समेत प्रत्येक दिन फिल्टर सफा गर्नुपर्ने तथा सेताे लुगा धाेयाे भने पहेले समेत हुने गरेकाे रिता खड्काले बताईन । त्यसैगरी मनाेज कुमार साहका अनुसार अाफुहरुले धाराकाे पानी लेदाे र धमिलाे भएको कारण अार्सनिकै भए पनि टुवेलकाे पानी फिल्टर खाने गरेको उनलेे बताए ।

उनीहरु त एक पात्र मात्रै हुन उनिहरु जस्तो सयौं घरपरिवारहरु दुखित भएका छन । यस तर्फ संम्धित निकायकाे ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...